२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

राष्ट्रपति मादुरो र उनकी श्रीमतीको रिहाइमा चीनले कस्तो भूमिका खेल्दैछ : चिनियाँ विदेश मन्त्री


२० माघ २०८२, मंगलबार  

28
Shares

काठमाडौ। चाइना ग्लोबल टाइमले प्रसारण गरेका समाचार अनुसार,अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरी राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नीलाई जबरजस्ती नियन्त्रणमा लिएको एक महिना भइसकेको अवस्थामा, यो घटनाको वर्तमान विकासलाई चीनले कसरी मूल्यांकन गर्छ र मादुरो तथा उनकी पत्नीको रिहाइ सुनिश्चित गर्न चीनले कस्तो भूमिका खेलिरहेको छ भन्ने प्रश्नहरूको जवाफ दिँदै विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भनेका छन् कि एक महिना अघि अमेरिकाले भेनेजुएलामाथि निर्लज्ज ढंगले सैन्य आक्रमण गरेको थियो र राष्ट्रपति मादुरो तथा उनकी पत्नीलाई जबरजस्ती नियन्त्रणमा लिएको थियो । यस्ता साम्राज्यवादी कार्यहरूले अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन गरेका छन्, भेनेजुएलाको सार्वभौमिकतामा आघात पु¥याएका छन् तथा ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रको शान्ति तथा स्थिरतालाई खतरामा पारेका छन् । चीन यसको दृढ विरोध गर्दछ ।
चीनले भेनेजुएलालाई आफ्नो सार्वभौमिकता, सम्मान र वैधानिक अधिकारहरूको रक्षा गर्न समर्थन गर्दछ। यसले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर संयुक्त राष्ट्रसंघको चार्टरको उद्देश्य र सिद्धान्तहरूको दृढतापूर्वक रक्षा गर्नेछ, अन्तर्राष्ट्रिय नैतिकताको आधारभूत रेखालाई कायम राख्नेछ तथा अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको रक्षा गर्नेछ, लिनले सो पत्रकार सम्मेलनमा भनेका हुन ।

चीनले भेनेजुएलालाई आफ्नो सार्वभौमिकता, सम्मान र वैधानिक हक अधिकारको संरक्षणमा समर्थन गर्दछ यसले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर संयुक्त राष्ट्रसंघ चार्टरको उद्देश्य र सिद्धान्तहरूको रक्षा गर्नेछ, अन्तर्राष्ट्रिय नैतिकताको सीमा कायम राख्नेछ तथा अन्तर्राष्ट्रिय न्याय र निष्पक्षताको पक्षमा सधै चीन उभिनेछ भन्ने जवाफ दिएका छन् ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ९ : २१ बजे