१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

खाडी क्षेत्रमा हजारौं अमेरिकी सैनिक प्रस्थान, खार्ग टापुमा नजर



काठमाडौं । इरानसँग युद्ध अन्त्यका लागि प्रयास भइरहेका समाचार आइरहेका बेला अमेरिकाले खाडी क्षेत्रमा हजारौं सैनिक पठाएको छ । इरानले अमेरिकी सैनिक खाडी देशतर्फ परिचालित हुनुलाई इरानको कुनै टापु कब्जा गर्ने उद्देश्य हुनसक्ने आशंका गरेको छ ।

इरानका सभामुख मोहम्मद बघेर घलिबाफले यदि कुनै छिमेकी देशले शत्रुहरूलाई इरानको कुनै टापु कब्जा गर्न सहयोग गरेमा त्यस देशमाथि पनि आक्रमण गर्ने चेतावनी बुधबार दिएका छन् । इरानी सेनाले शत्रुहरूको गतिविधि निगरानी गरिरहेको छ । यदि उनीहरूले कुनै कदम चाले भने, हामी निरन्तर र कठोर रूपमा त्यस क्षेत्रीय देशको महत्वपूर्ण पूर्वाधारमा आक्रमण गर्नेछौं, सभामुख गलिबाफले सामाजिक सञ्जालमा छुट्टाछुट्टै पोस्टमार्फत भनेका छन् ।

तर उनले देशको नाम भने खुलाएका छैनन् । केही विश्लेषकहरूले भने इरानी सभामुखको चेतावनी संयुक्त अरब इमिरेट्स -यूएई) तर्फ लक्षित हुन सक्ने बताएका छन् । कतिपयको बुझाइमा, उनले यूएईलाई संकेत गरेका हुन्, जसले अमेरिकालाई खार्ग टापु कब्जा गर्न सहयोग गर्न सक्छ, अल जजिराले लेखेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ३ : ५८ बजे