सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ६ खोरिया स्थित साम्तेन छोईलिङ गुम्बामा विशेष धार्मिक कार्यक्रम आयोजना हुने भएको छ । धार्मिक कार्यक्रममा १०८ मणि प्राण प्रतिष्ठान (शुद्धिकरण) तथा आयु अभिषेक (छेवाङ) कार्यक्रम सञ्चालन गरिनेछ ।
कार्यक्रम श्रद्धेय धर्म गुरु पेमा थार्छिन रिम्पोछेको प्रमुख आतिथ्यतामा आयोजना हुने बताइएको छ । आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजनलाई कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन हार्दिक निमन्त्रणा गरेको छ ।
कार्यक्रम तालिका अनुसार चैत १३ गतेदेखि चैत २० गतेसम्म कडुङ्गुर पाठ सञ्चालन हुनेछ । त्यसपछि चैत २१ गते १०८ मणि प्राण प्रतिष्ठान (शुद्धिकरण), सहयोगी दाताहरूलाई सम्मान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ । अन्तिम दिन चैत २२ गते धर्म गुरुबाट आयु अभिषेक (छेवाङ) प्रदान गरिनुका साथै प्रसाद वितरण गरिने कार्यक्रम तय गरिएको छ ।

आयोजकले धार्मिक तथा सांस्कृतिक महत्वको यस कार्यक्रममा व्यापक सहभागिताको अपेक्षा गरेको छ ।








