७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026

बागमतीमा ६ मन्त्रालय खारेज, मन्त्री बने विना विभागीय



काठमाडौं । बागमती प्रदेश सरकारले आजदेखि कायम हुने गरी ६ वटा मन्त्रालय खारेज गरेको छ । १४ वटाबाट घटाएर सरकारले ८ वटा मात्रै मन्त्रालय यथावत राखेको हो ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज ६ वटा मन्त्रालय खारेज गर्दै प्रदेश प्रमुख कार्यालयमा मन्त्रालय कार्यविभाजनको सिफारिस गरेका छन् ।

बानियाँले ८ वटा मन्त्रालय कायम गर्ने र खारेजमा परेका मन्त्रालयका मन्त्रीलाई विना विभागीय जिम्मेवारी तोक्न सिफारिस गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।

Sagarmatha

प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले ८ वटा नयाँ मन्त्रालयको कार्यविभाजन तोकेका छन् ।

सिफारिसअनुसार कांग्रेस र एमालेका ६ जना मन्त्रीहरू अब विना विभागीय जिम्मेवारीमा रहने भएका हुन् ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार  १ : ४६ बजे