२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

अमेरिकामा ११ सेप्टेम्बरको आक्रमणपछि दोस्रो पटक हवाई संकट,८ हजार उडान रद्द,लाखौ यात्रु प्रभावित


एजेन्सी

२९ कार्तिक २०८३, शनिबार  

0
Shares

काठमाडौं । अमेरिकामा एयर ट्राफिक कन्ट्रोल ९एटीसी० को सञ्चार प्रणालीमा खराबी आएपछि शुक्रबार ४ घण्टाभन्दा बढी समयसम्म विमानहरूको उडान रोक्नुपरेको छ।

सुरक्षा कारण देखाउँदै सङ्घीय उड्डयन प्रशासनले देशभरका एयरपोर्टहरूमा उडान रोक्न आदेश दिएको थियो। यस अवधिमा ८ हजारभन्दा बढी उडान रद्द भए भने करिब १५ लाख यात्रु प्रभावित भएका छन्।

शुक्रबार राति उडानमाथिको रोक हटाइएको भए पनि शनिबारसमेत ठूलो सङ्ख्यामा उडानहरू रद्द गर्नुपरेको छ।

Sagarmatha

११ सेप्टेम्बर २००१ को आतङ्कवादी हमलापछि अमेरिकामा सबै उडान रोकिएको यो दोस्रो घटना हो। यसअघि जनवरी २०२३ मा एफएएको मुख्य कम्प्युटर प्रणालीमा खराबी आउँदा यस्तो अवस्था सिर्जना भएको थियो।

एयर ट्राफिक कन्ट्रोल सुधार्न ट्रम्पले मागे ३० अर्ब डलर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको एयर ट्राफिक कन्ट्रोल सिस्टमलाई आधुनिकीकरण गर्न ३० अर्ब डलर अतिरिक्त कोष माग गरेका छन्।

उनले रिपब्लिकन सिनेटर एरिक स्मिटसँग फोनमा कुरा गर्दै कंग्रेसबाट यससम्बन्धी विधेयक छिट्टै पारित गराउन आग्रह गरेका छन्। यो रकमबाट एयर ट्राफिक कन्ट्रोल सिस्टम, एयरपोर्ट टावर, टर्मिनल र अन्य अत्यावश्यक उड्डयन पूर्वाधारको स्तरोन्नति गरिनेछ।

उडानमाथिको रोकको असर विकेन्डसम्म पर्न सक्ने

करिब ४ घण्टापछि अमेरिकामा उडानमाथिको रोक हटाइएको छ र एयरलाइन्सहरूले सेवा सुचारु गर्न थालेका छन्। यद्यपि, केही कम्पनीहरूले शनिबारसम्म उडानमा ढिलाइ वा रद्द हुन सक्ने आशंका व्यक्त गरेका छन्।

अमेरिकी यातायात मन्त्री सिन डफीले एयर ट्राफिक कन्ट्रोल सिस्टमलाई अपग्रेड गर्न ५० अर्ब डलर माग गरेका छन्, यद्यपि राष्ट्रपति ट्रम्पले कंग्रेससँग ३० अर्ब डलर मात्र मागेका छन्।

डफीले सिस्टमको सामान्य मर्मत मात्र नगरी यसलाई पूर्ण रूपमा आधुनिकीकरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। गत वर्ष कंग्रेसले यसका लागि १२।५ अर्ब डलर स्वीकृत गरेको थियो। मन्त्री डफीले पर्याप्त कोष नदिएको भन्दै कंग्रेसको आलोचना गरेका छन्।

अमेरिकाका होमल्यान्ड सेक्युरिटी मन्त्री मार्कवेन मुलिनले एयर ट्राफिक कन्ट्रोल सिस्टममा आएको खराबीमा साइबर आक्रमणको कुनै सङ्केत नदेखिएको बताएका छन्।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रारम्भिक अनुसन्धानबाट यो दूरसञ्चार प्रणालीको प्राविधिक खराबी जस्तो देखिएको बताए। यद्यपि, वास्तविक कारण अझै पत्ता लाग्न सकेको छैन।

उडान रोकिएको समयमा हावामै रहेका विमानहरूलाई अवतरण गर्न अनुमति दिइएको छ। तिनीहरूलाई फिर्ता बोलाइएन । तर, एयरपोर्टमा रहेका विमानहरूले भने उडान भर्न पाएनन्। अन्य देशबाट अमेरिका आउँदै गरेका अन्तर्राष्ट्रिय उडानहरूको हकमा भने प्रत्येक घटना हेरेर छुट्टै निर्णय लिइएको थियो ।

सिकागोबाट सुरु भएको थियो उडानमा रोक

रिपोर्टहरूका अनुसार, अमेरिकाभर एकैपटक उडानमा रोक लगाइएको थिएन। यसको सुरुवात सिकागोको ओ’हारे र मिडवे एयरपोर्टबाट भएको थियो, जहाँ सञ्चार प्रणालीमा समस्या देखिएपछि उडानहरू रोकिएका थिए।

पछि यो समस्या देशका अन्य एयर ट्राफिक कन्ट्रोल सेन्टरहरूमा पनि देखिएपछि अमेरिकाभर ‘ग्राउन्ड स्टप’ लागू गरिएको थियो। एफएएको सूचनाअनुसार, उडानमाथिको रोक अर्को आदेश नआएसम्म जारी रहनेछ। फ्लाइट राडार २४ का अनुसार अमेरिकी आकाशमा अवतरण गर्न नसकेका धेरै उडानहरू देखिएका छन्।

सञ्चार प्रणालीमा आएको खराबीको कारण नयाँ आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० प्रणालीसँग जोडिएको छ कि छैन भन्ने विषयमा एफएएका अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्। यो प्रणालीले एयर ट्राफिक कन्ट्रोललाई सम्भावित समस्याहरूको पहिचान गर्न र विमानहरूको रुट बदल्ने सुझाव दिन्छ।

अमेरिकी सरकारले एयर ट्राफिक कन्ट्रोलको पुरानो प्रविधि बदल्ने क्रममा पुराना तारको सट्टा फाइबर अप्टिक केबल र रेडियो सिस्टमहरू जडान गरिरहेको छ। यस परियोजनाका लागि गत वर्ष १२।५ अर्ब डलर स्वीकृत भएको थियो, तर अझै धेरै काम बाँकी छ।

उडान रद्द हुँदा यात्रुले पूरै रिफन्ड पाउने

अमेरिकामा उडान रद्द हुँदा यात्रुले पूरै रकम फिर्ता ९रिफन्ड० पाउने अधिकार छ। यो नियम उडान रद्द हुनुको कारण जेसुकै भए पनि लागू हुन्छ। उडानमा धेरै ढिलाइ भएमा वा समय परिवर्तन भएमा र यात्रुले यात्रा नगर्ने निर्णय गरेमा पनि रिफन्ड माग्न सकिन्छ।

थ्याङ्क्सगिभिङको बिदाभन्दा करिब दुई साताअघि यात्राको तयारी चलिरहेको समयमा यो घटना भएको हो। ‘एयरलाइन्स फर अमेरिका’ का अनुसार, बिदाको समयमा अमेरिकी एयरलाइन्सबाट दैनिक औसत २७ लाख यात्रुले यात्रा गर्ने अनुमान छ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, शनिबार  २ : ५४ बजे