२८ कार्तिक २०८३, शुक्रबार | Sat Nov 14 2026

भ्यान र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु


२ मंसिर २०७३, बिहिबार  

0
Shares

राजविराज, २ मङ्सिर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खोजपुरमा पिकप भ्यान र मोटरसाइकल ठोक्ँिकदा बुधबार एकजनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा. ६ च. २०४६ नंको पिकप भ्यानले विपरीत दिशाबाट आउँदै गरेको को २४ प ६२६७ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङको अमरदह–९ बस्ने २८ वर्षीय तिलचन गनगाईंको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो दुर्घटनामा परी गम्भीर घाइते भएका भ्यान चालक काठमाडाँै बल्खु बस्ने ४५ वर्षीय इन्द्रबहादुर कट्वाललाई उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । रासस

Sagarmatha

प्रकाशित मिति : २ मंसिर २०७३, बिहिबार  ३ : २० बजे