१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

विदेशी अतिक्रमणले राष्ट्रिय संस्कृति सङ्कटमा


१६ मंसिर २०७३, बिहिबार  

0
Shares

काठमाडौँ, १६ मङ्सिर । नेकपा (माओवादी केन्द्र)का नेता देवबहादुर गुरुङले विदेशी संस्कृतिको अतिक्रमणले नेपालको राष्ट्रिय संस्कृति सङ्कटमा पर्न थालेको बताउनुभएको छ ।

फाल्गुनान्द लिङ्देन फिल्मस् प्रालिले निर्माण गर्न लागेको ‘दुस्साहस’ शीर्षक चलचित्रको आज शुभारम्भ गर्दै उहाँले स्वदेशमा रहेका विभिन्न जाति र समुदायका मौलिक परम्परा तथा आदिवासी जनजातिका संस्कृतिलाई संरक्षण गर्न कलाकारले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कलाकार विजय सुब्बा, डा प्रदीप लिङ्देन, उद्यमी कल्पना योङहाङ लिम्बू लगायतले राष्ट्रिय विभ्ति फाल्गुनान्दको स्मरणमा सरकारले विभिन्न गतिविधि सञ्चालन गर्नाका साथै उहाँको जन्मदिनमा सार्वजनिक बिदा दिनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : १६ मंसिर २०७३, बिहिबार  ११ : २१ बजे