२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

सीपमूलक तालिमपछि मुक्तकमैया स्वरोजगार बन्दै


३ पुस २०७३, आइतबार  

0
Shares

कैलाली, ३ पुस । मुक्तकमैया वृद्धि विकास तथा सीपमूलक तालिम कार्यक्रमपछि कैलालीका अधिकांश मुक्तकमैया स्वरोजगार बन्दै गएका छन् ।

आर्थिक वर्ष २०५२÷५३ देखि २०७२÷०७३ सम्म चार हजार २७२ जनालाई स्वरोजगार सम्बन्धी तालिम दिएकामा दुई हजार ९२२ मुक्तकमैयाले तालिममा सिकेको सीप उपयोग गर्दै स्वरोजगार भएको भूमिसुधार कार्यालयका सुभरभाइजर अमरबहादुर चौधरीले जानकारी दिनुभयो ।

सो कार्यक्रमअन्तर्गत सिलाइकटाइ, कुखुरापालन, बङ्गुरपालन, पेन्टिङ्, वाइरिङ, मोटरसाइकल तथा साइकलमर्मत लगायत ३९ शीर्षकमा तालिम दिइएको थियो ।

Sagarmatha

चालु आर्थिक वर्षमा पनि ४५ मुक्त कमैयालाई यस्ता तालिम दिन रु १४ लाख विनियोजन भएको भूमिसधार अधिकारी लक्ष्मणबहादुर कठायतले बताउनुभयो
उहाँले तालिम लिएकामध्ये ७० प्रतिशतले सीपको उपयोग गरी आर्यआर्जनमा लागेकाले उनीहरुको आर्थिकस्तर सुधार भएको छ भन्नुभयो ।

प्रकाशित मिति : ३ पुस २०७३, आइतबार  ११ : २९ बजे