जाजरकोट, १ पुस । यहाँको एक दलित परिवारको सोलारबाट भएको आगलागीका कारण घर पूर्णरुपमा जलेपछि विचल्ली भएको छ । जिल्लाको रामीडाँडा गाविस–८, छेडास्थित जीतबहादुर परियारको घरमा आगलागी हुँदा घरभित्र रहेका लत्ताकपडा, अन्न, भाँडाकुँडा र घर पूर्णरुपमा जलेको स्थानीय सञ्चारकर्मी कालीप्रसाद थापाले जानकारी दिनुभयो । जीतबहादुरका बच्चाले सोलारको तार शुक्रबार बिहान चलाउँदा माइनस, प्लस जुध्दा घरमा…