सुरुङ्गा (झापा), २३ मङ्सिर । जनता आवास कार्यक्रम सञ्चालनका लागि झापामा रु तीन करोड बजेट विनियोजन भएको छ । नेपाल सरकारको वार्षिक कार्यक्रमअन्तर्गत यस वर्षदेखि जनता आवास कार्यक्रम सञ्चालनमा आएको हो जसअनुसार झापालाई रु तीन करोड बजेट विनियोजन भएको सहरी विकास तथा भवन निर्माण कार्यालय, इलाम अन्तर्गतको फिल्ड कार्यालय भद्रपुरले जनाएको छ । कार्यालयका इन्जिनियर…