काठमाडौं । संयुक्त राष्ट्रसंघको मौसम विज्ञान एजेन्सी (डब्ल्यूएमओ)ले विश्वको वार्षिक औसत तापक्रम १.५ डिग्री सेल्सियस पुग्ने सम्भावना ८० प्रतिशतले बढेको जनाएको छ । एजेन्सीले बुधबार विश्वको तापक्रमको अवस्थाबारे नयाँ विश्लेषण जारी गरी पूर्व औद्योगिककालको तुलनामा वार्षिक औसत तापमानको सीमा नाघ्ने सम्भावना ८० प्रतिशत बढेको जानकारी दिएको हो । डब्ल्यूएमओका अनुसार सन् २०२४ देखि सन् २०२८…