काठमाडौं । मालदिभ्समा ‘भारत छोड’ अभियान चलाएर चर्चामा आएका राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टी पिपुल्स नेशनल कांग्रेस (पीएनसी)ले संसदमा भारी बहुमत हासिल गरेको छ । आइतबार ९३ सिटका लागि मतदान भएको थियो । तीमध्ये मुइज्जुको पार्टीले ६६ सिटमा जित हासिल गरेको मालदिभ्सको चुनाव आयोगले जनाएको छ । यसैगरी पूर्वराष्ट्रपति मोहम्मद सोलिहको पार्टी माल्दिभियन डेमोक्र्याटिक पार्टी (एमडीपी)ले…