२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

पूर्वमन्त्रीलाई मातृशोक


२८ पुस २०७३, बिहिबार  

0
Shares

लहान, २८ पुस । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री विश्वनाथ साहलाई मातृ शोक परेको छ ।

साहका आमा सागरदेवी साहको सिरहाको गोलबजार नगरपालिका–४ स्थित आफ्नै घरमा गएराति ९६ वर्षको उमेरमा निधन भयो ।

मुटु र दम रोगबाट लामो समयदेखि पीडित सागरदेवीको राति ९ बजेतिर निधन भएको पूर्वमन्त्री साहले जानकारी दिनुभयो । आमाको आजै गृह गाउँमै अन्त्येष्टि गरिने उहाँले बताउनुभयो । स्व साहको चार छोरा र दुई छोरी छन् ।

Sagarmatha

नगरपालिकाद्वारा कम्बल वितरण

सिरहाको सुखिपुर नगरपालिकाले बढ्दो चिसोलाई मध्यनजर गरी गरिब विपन्न परिवारलाई आज बिहान कम्बल वितरण गरेको छ ।

नगरपालिकाको विभिन्न वडाका ७५ जना अति गरिब, विपन्न, असहाय परिवारलाई कम्बल वितरण गरिएको नगरपालिकाका कार्यकारी अधिकृत जयराम पजियारले जानकारी दिनुभयो ।

विगत केही दिनदेखिको अत्यधिक चिसोका कारण अति गरिब विपन्न परिवार बढी प्रभावित भएकाले राहतस्वरुप कम्बल वितरण गरिएको कार्यकारी अधिकृत पजियारले बताउनुभयो । रासस

प्रकाशित मिति : २८ पुस २०७३, बिहिबार  १२ : ५२ बजे