२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

झापा कारागारमा दोब्बर कैन्दीबन्दी


२८ पुस २०७३, बिहिबार  

0
Shares

झापा, २८ पुस । झापा जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेका छन् ।

कारागारको क्षमता ३५० जनाको भए पनि हाल ८५६ जना कैदीबन्दी रहेकाले जाडोको समयमा पनि उनीहरु कारागारको बरन्डामा सुन्त बाध्य भएको कारागारका लेखापाल खड्ग ओलीले जानकारी दिनुभयो ।

कारागारमा ७८० पुरुष र तीन बालबालिकासहित ७६ महिला रहेका छन् । एउटै कोठामा १५० जनासम्म कैदीबन्दी राख्दा पनि ठाउँ अपुग हुँदा कैन्दीबन्दी बरन्डामा सुतिरहेको उहाँले बताउनुभयो । रासस

प्रकाशित मिति : २८ पुस २०७३, बिहिबार  १२ : ५७ बजे