२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

पहिरो नियन्त्रणका लागि तेत्तीस आवेदन


३ माघ २०७३, सोमबार  

7
Shares

काठमाडौँ, ३ माघ । जिल्ला भू–संरक्षण कार्यालयमा पहिरो नियन्त्रणका लागि ३३ आवेदन परेको छ ।

पानी परेर वा सुख्खा याममा गएको पहिरो नियन्त्रण गर्नका लागि आर्थिक वर्ष २०७३÷७४ को पुस मसान्तसम्म ३३ आवेदन परेको जिल्ला भू–संरक्षण कार्यालयका प्रमुख मनोहरकुमार शाहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “भदौमा परेको भीषण पानीमा काठमाडौँ क्षेत्रमा रहेको बलौटे माटो खस्नुका साथै सुख्खायाममा समेत पहिरो जाने गरेको छ ।” शिवपुरी, नागार्जुन, साँखुलगायतका क्षेत्रमा धेरै पहिरो जाने गरेको उहाँले बताउनुभयो ।

Sagarmatha

यस्तै नदी संरक्षणका लागि सोही अवधिमा १२ निवेदन परेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख शाहले नागार्जुन, बूढानीलकण्ठ, कागेश्वर मनोहरा, विष्णुमतिलगायतका क्षेत्रको नदी संरक्षणका लागि निवेदन माग भई आएको बताउनुभयो ।

जलाधार संरक्षणका लागि कार्यालयमा धेरै माग आए पनि बजेट अभावका कारण काम गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “कामका लागि रु १० करोडले पनि पुग्दैन तर कार्यालयको बजेट रु एक करोड ५५ लाख मात्र छ यति थोरै रकमले कसरी काम गर्ने ?”

कार्यालय प्रमुख शाहले भू–संरक्षणको काम धेरै भए पनि राज्यले यसलाई प्राथमिकतामा राख्न नसकेको बताउनुभयो ।

प्रकाशित मिति : ३ माघ २०७३, सोमबार  १० : १८ बजे