२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

ढल प्रशोधन प्रणालीका लागि रकम माग


५ माघ २०७३, बुधबार  

0
Shares

काठमाडौँ, ५ माघ । खानेपानी तथा ढल निकास विभागले देशका विभिन्न सहरको ढल प्रशोधन व्यवस्थापनका लागि मन्त्रालयसँग थप रु ३२ करोड माग गरेको छ ।

विभागले कैलाली, कञ्चनपुर, ललितपुर, काठमाडौँलगायतका स्थानमा तोकेको बजेटले नपुग्ने भएपछि थप बजेट माग गरेको हो ।

विभागका सूचना अधिकारी अरुणकुमार सिम्खडाले थप २२ आयोजनाका लागि बजेट माग गरिएको जानकारी दिनुभयो ।

Sagarmatha

यो आर्थिक वर्षमा विभागले तेह्रथुम, भोजपुर, मोरङ, रामेछाप, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, रौतहट, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, कास्की र बागलुङ गरी १६ जिल्लाका २१ आयोजना सञ्चालनका लागि रु २० करोड २१ लाख विनियोजन गरेको थियो ।

सिम्खडाले मानिसको प्रमुख आधारभूत आवश्यकता खानेपानी भएकाले ढल निकासको क्षेत्रमा त्यति धेरै चासो नपुगेको उल्लेख गर्नुभयो ।

खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले ढल निकासको लागि स्पष्ट नीति नहुँदा समस्या परेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला खानेपानी र सहरी विकास मन्त्रालय एकैठाँउमा थियो दुई वर्ष पहिलेमात्र छुटिृएको हा,े ढल निकास अहिले सहरी विकास मन्त्रालयले नै हेर्दै आएको छ केही मात्रामा मात्रै हामीले गरेका छौँ ।”

उहाँले ढल निकासको सम्पूर्ण व्यवस्था खानेपानी तथा सरसफाइ मन्त्रालयले गर्ने गरी सम्बन्धित पक्षसँग छलफल गरिरहेको स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : ५ माघ २०७३, बुधबार  ४ : ४७ बजे