२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

पितृको स्मृतिमा प्रहरीमा प्रतीक्षालय निर्माण


६ माघ २०७३, बिहिबार  

0
Shares

दमक, ६ माघ । दिवङ्गत पितृको स्मृतिमा झापाको धरमपुर–५ स्थित मङ्गलबारेमा रहेको प्रहरी चौकीलाई एकजना दाता परिवारले रु साढे तीन लाखको लागतमा प्रतीक्षालय भवन निर्माण गरिदिएका छन् ।

दिवङ्गत आफ्ना आमाद्वय कौशिला र तीरमाया राईको स्मृतिमा छोरा दीपेश राईको सक्रियतामा तीन छोराले सो प्रतीक्षालय भवन निर्माण गरेका हुन् । तीन छोरामध्ये माइलो दीपेश नेकपा (एमाले) धरमपुरको अध्यक्ष हुन् । उनी लामो समयदेखि धरमपुरको विभिन्न सामाजिक सङ्घसंस्थामा क्रियाशील छन् ।

आज धरमपुर प्रहरी चौकीमा आयोजित एक कार्यक्रमबीच इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कुन्दन देवले प्रतीक्षालय भवनको उद्घाटन गर्नुभयो ।

Sagarmatha

कार्यक्रममा प्रतीक्षालय भवन निर्माणकर्ता दीपेश राईले प्रहरी कार्यालयमा आगन्तुकलाई आराम गर्न प्रतीक्षालय निर्माण गरिएको बताउनुभयो । आराम गर्न प्रतीक्षालय निर्माण गरिएको बताउनुभयो ।

प्रकाशित मिति : ६ माघ २०७३, बिहिबार  ५ : ०६ बजे