३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

गणतन्त्रलाई सुदृढ बनाउन निर्वाचन आवश्यक ः उपाध्यक्ष शाक्य


४ फाल्गुन २०७३, बुधबार  

21
Shares

काठमाडौँ, ४ फागुन । नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले तीनै तहको निर्वाचन गरेर लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

एमाले प्रचारप्रसार विभाग र प्रेस चौतारी नेपालको आयोजनामा भएको प्रेस चौतारी नेपालको प्रदेश नं ३ स्तरीय प्रचार भेलालाई ललितपुरमा आज आयोजित यहाँ सम्बोधन गर्दै उहाँले अहिलेको देशको व्यवस्था प्रणालीलाई स्थायित्व बनाउनका लागि निर्वाचन अपरिहार्य भएको बताउनुभयो ।

“व्यवस्था परिवर्तनसँगै हामीले उपलब्धिलाई बलियो बनाउन सकेनाँै”उहाँले भन्नुभयो “मुलुकको व्यवस्थालाई बलियो र समृद्धि बनाउन निर्वाचन नै एकमात्र विकल्प हो ।”

Sagarmatha

उहाँले व्यवस्था परिवर्तन मात्र भएर मात्र मुलुक अगाडि बढ्न नसक्ने बताउँदै व्यवस्थासँगै राजनीतिक दलका नेतामा मुलुक बनाउने सोचाइमा परिवर्तन आउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले निर्वाचन नगर्न सरकारले अनेक बहाना बनाइरहेको भन्दै तीनै तहको एकैपटक निर्वाचन घोषणा गर्न माग गर्नुभयो ।

कार्यक्रममा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले अनेक बहानामा निर्वाचनको परिस्थिति भाँड्ने प्रयास भइरहेको भन्दै त्यसतर्फ सबै दल सचेत रहनुपर्ने बताउनुभयो ।

उहाँले आगामी माघ ७ गतेभित्र निर्वाचन गरेर देशलाई निकासको बाटोमा लैजानुको विकल्प नभएको बताउनुभयो । उहाँले जित्न वा हार्नका लागि नभई देशलाई बचाउनका लागि तीनै तहको निर्वाचन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

“चुनावको ढोका बन्द गर्नु कदापी हुँदैन । चुनाव नहँुदा पार्टीलाई अधिनायकतर्फ लैजान्छ” उहाँले भन्नुभयो “जनप्रतिनिधि नहुँदा बजेटमा हिनामिना भएको छ ।”

उहाँले वर्तमान सरकारले निर्वाचन गर्न नसके प्रमुख तीन दलसहित मधेसवादी दललाई समेत समेटेर नयाँ सरकार गठन गरेर चुनाव गर्नुपर्ने बताउनुभयो ।

एमाले पोलिटब्यूरो सदस्य काशीनाथ अधिकारीले निर्वाचन पार्टीको एकमात्र एजेन्डा भएकोले निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले नेपाल पत्रकार महासङ्घमा प्रेस युनियन नेपालले लगाइएको ताला खोल्न आग्रह गर्नुभयो ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले नेपाल पत्रकार महासङ्घको ताला खोलेर निर्वाचनको वातावरण बनाउनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७३, बुधबार  ९ : ०७ बजे