२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

ट्र्याक्टरबाट खसेर चौधरीको मृत्यु


६ फाल्गुन २०७३, शुक्रबार  

7
Shares

कञ्चनपुर, ६ फागुन । ट्र्याक्टरको ट्रलीबाट खसेर घाइते भएका कञ्चनपुरको बेलौरी नगरपालिका–३ का अन्दाजी ४८ वर्षीय रामप्रसाद चौधरीको बिहीबार उपचारका क्रममा मृत्यु भएको छ ।

बालुवा बोकेर बेलौरीबजारतर्फ आउँदै गरेको से १ त ४८०० नंको ट्र्याक्टरको ट्रलीबाट भाटिया गोदाम नजिक खसेका चौधरीलाई तत्कालै उपचारार्थ बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिए पनि उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको सेती अञ्चल अस्पताल पु¥याइएको थियो ।

अस्पतालमै उपचारका क्रममा चौधरीको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Sagarmatha

प्रकाशित मिति : ६ फाल्गुन २०७३, शुक्रबार  ६ : १४ बजे