यस्तो छ घ्लूब्जी द को सरसफाइ अभियान (फोटोसहित)

0 Shares

ओखलढुंगा, १३ चैत । सिद्धिद्धरण नगरपालिका र मोलुंग गाउँ पालिका अन्र्तगत टेकानपुर सहितका युवाहरुले स्थापना गरेको समाज सेवी समुह घ्लूब्जी द ले सार्वजनिक स्थलको सर सफाइमा सक्रियता देखाएको छ । सात महिना अघि स्थापित समुहले विभिन्न स्थानहरुमा फोहोर संकलन गर्ने भाडा (डस्विन) निशुल्क वितरण गरेको छ । स्कूल टोल सुधार समिति र बस पार्कमा फोहोर संकलन गर्न भाँडा वितरण गरिएको हो ।
समुहले २० हजार बराबरका २३ थान डस्वीन वितरण गरेको समुहका अध्यक्ष ओम राइले बताए । मातृ भाषामा उनीहरुले समुहको नाम राखेका हुन् । घ्लूब्जी द को अर्थ फालिएको कसिंगर भन्ने हुन्छ । समुहले ग्रामोदय आधारभूत विद्यालयलाई एक थान, जिविस टोल सुधार समितिलाई ९ थान, सोब्रू टोल सुधार समितिलाई ७ थान, टेकानपुरलाई २ थान रामपुर बसपार्कलाई एक थान र जिविस वस पार्कलाई ३ थान वितरण गरिएको छ । युवाहरुलाई घरगाउँ र सार्वजनिक स्थलहरु सफा राख्न प्रेरित गर्ने उद्देश्यले अभियान शुरु गरेको जनाएका छन् ।
समुह स्थापना र नाम घ्लूब्जी द हुनुका पछाडि रोचक कहानी जोडिएको छ । यसका संस्थापन ओम राई हुन् । उनी स्नातक उर्तीण छन् । उनले विभिन्न सरकारी निकायमा रोजगारीका लागि प्रयास गर्दा अबसर नपाएपछि राज्यले नै उपेक्षा गरेको अनूभूति गरि ‘फालिएको कसिंगर’ को महत्व दर्शाइ घरगाउँमै सकारात्मक अभियान संचालन गर्न घ्लूब्जी द अगाडि आएको बताए ।

यो अभियानलाई गाउँका धेरै युवाहरुले साथ दिएको समहुका सचिव धर्म राईले जानकारी दिए । यस्ता अभियानमा हुने खर्च समुहका सदस्यहरु आफैले समुहभित्रै संकलन गरि गर्ने गरेका छन् । यही समुहले सिन्धुलीबाट ओखलढुंगा आइ बसेका एक परिवारलाई नियमित खाद्यन्न समेत दिदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार