२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

घरमै पुगेर कृषिका योजना सम्झौता


२३ चैत्र २०७३, बुधबार  

0
Shares

फलेवास (पर्वत), २३ चैत । जिल्ला कृषि विकास कार्यालयले गाउँमै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गरेको छ ।

योजना सम्झौता गर्न आउने क्रममा उपभोक्ताको खर्च बढी हुने तथा सम्झौता गरिएका योजना अनुरुपको काम नहुने हुँदा गाउँमै पुगेर स्थलगत अध्ययन गरी किसानसँगै योजना सम्झौता गरिएको हो ।

कार्यालयले दक्षिण पर्वतको महाशीला, पैयुँ र बिहादी गाउँपालिकाका– १३ मा २५ वटा साना सिँचाइका योजना सम्झौता गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

“योजना सम्झौता गर्न आउने क्रममा उपभोक्ताको अत्यधिक खर्च हुन्छ,” रेग्मीले भन्नुभयो । योजनास्थलमै पुगेर उपभोक्तालाई योजनाको कूल बजेट, गर्नुपर्ने काम, समयअवधिलगायत विषयमा जानकारी गराउन सहज भएको रेग्मीको भनाइ थियो ।

कार्यालयले लुङ्खुमा र सरौँखोलामा चार÷चार वटा, शालिग्राममा तीन÷तीन वटा, हुवास, रानीपानी र वहाकीमा दुईवटा तथा भोर्ले, त्रिवेणी, बेउलीवास, उरामपोखरा, बाच्छा र बर्राचौरमा एक÷एकवटा योजना सम्झौता गरेको हो । प्रत्येक योजना रु ४० हजारदेखि रु ५० हजारसम्मका रहेका छन् । चालु आवमा एक सयवटा प्लास्टिक पोखरी र ७५ वटा साना सिँचाइका योजना सञ्चालन हुने छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७३, बुधबार  ९ : ०६ बजे