१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

संविधान संशोधनले पूर्णता नपाउने ः बिजुक्छे


११ श्रावण २०७४, बुधबार  

0
Shares

नगरकोट, ११ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधान संशोधनले पूर्णता नपाउने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो –‘संशोधनकोे विषय जति उठान गरे पनि अहिलेको अवस्थामा त्यसले पूर्णता पाउन सक्दैन् ।’

अध्यक्ष बिजुक्छेले आम नेपालीलाई नबुझाई सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा जसरी नेपालका राजनीतिज्ञले लगाए, हाल यो नै सिंहदरबारका कर्मचारी र नेताका लागि टाउँको दुखाइ बनेको आरोप लगाउँदै कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकाबीच विवाद बढ्नुका प्रमुख कारण सबैले आफ्नो मर्यादा बिर्सनु नै हो भन्नुभयो ।

प्रकाशित मिति : ११ श्रावण २०७४, बुधबार  ११ : ३८ बजे