मिर्गाैला रोगी इन्द्रालाई प्रवासीबाट सहयोग

0 Shares

म्याग्दी, २३ भदौ । म्याग्दीकी एक मिर्गौला रोगीको उपचारका लागि प्रवासीबाट बुधबार साढे दुई लाख रुपैयाँभन्दा बढी नगद सहयोग प्राप्त भएको छ ।

परोपकारी संस्था ओमकुमारी शान्ति कोषले ताकम–४ की २४ बर्षीया इन्द्रा खत्रीको उपचारका लागि आर्थिक स्रोत जुटाउन सञ्चालन गरेको अभियानमा अस्टे«लिया र न्युजिल्यान्डबाट दुई लाख २५ हजार रुपैयाँ सहयोग प्राप्त भएको हो ।

अस्टे«लियामा हरि कार्की र चिना केसीको पहलमा सङ्कलन भएको एक लाख ८३ हजार ९५० रुपैयाँ उहाँहरुका अभिभावक याम केसीले कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गरे ।

यसैगरी, प्रवासी नेपाली म्याग्देली सङ्घ (मोना) न्युजिल्यान्डले खत्रीलाई ४१ हजार ९५० रुपैयाँ सहयोग गरेको छ । संस्थाकी कोषाध्यक्ष सुनिता बज्राचार्य र प्रदीप बज्राचार्यले सहयोग रकम कोषका अध्यक्ष शाक्यलाई हस्तान्तरण गरे ।

दुईवटै मिर्गाैलाले काम नगरेपछि मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइरहेकी खत्रीका परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोग सङ्कलनका लागि अभियान सुरु गरिएको थियो ।

यस्तै, बेगखोलाका बाढीपीडितलाई प्रवासी नेपाली म्याग्देली सङ्घ (मोना) कतारले ३५ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाका निवर्तमान अध्यक्ष गणेश श्रेष्ठले बाढीपीडितको राहतका लागि सहयोग सङ्कलन अभियान सञ्चालन गरेको कोषका अध्यक्ष शाक्यलाई रकम हस्तान्तरण गरेका थिए । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार