काठमाडौं, १४ असोज । लगातार दशैँको टिका बहिस्कार गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपालि टिका लगाएका छन् । यस अघि प्रधानमन्त्री हुँदा समेत दशैँको टिका नलगाएपछि उनको व्यापक आलोचना भएको थियो ।

प्रचण्डले लाजिम्पाटस्थित निजी निवासमा श्रीमती सीता दाहाल, छोरा प्रकाश दाहाल, बुहारी विना मगर, छोरी रेणु दाहाल, भतिज समिर दाहाल सहित परिवारको साथमा टिका लगाएका हुन् । प्रचण्डले पहिला श्रीमती सीता दाहाल अनि छोराछोरीलाई टिका लगाइदिएका थिए ।

प्रचण्डको निधार खाली भएपछि श्रीमतीले उनलाई पनि टिका लगाइ दिएका थिए । श्रीमतिको हातबाट टिका लगाउँदा प्रचण्ड निक्कै खुशी देखिएका थिए ।











