काठमाडौं, १४ असोज । राष्ट्रिपति विद्यादेवि भण्डारीबाट विभिन्न दलका नेता, कार्यकर्ता र आफन्तहरुले टिका ग्रहण गरेका छन् ।
राष्ट्रपति भण्डारीले विहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा टिका ग्रहण गरेका थिए । उनलाई हनुमानढोका दशैँघरका मूल पुजारी देवराज अर्याले राष्ट्रपति भवन शितल निवासमा विजयादशमीको टिका लगाएका थिए । राष्ट्रपति भण्डारीले पुजारी अर्यालाई पनि टिका लगाईदिएका थिए । भण्डारीलाई उनकी आमा मिथिला पाण्डे, काका जयन्त पाण्डेले पनि टिका लगाई दिएका थिए ।
उता प्रधानमन्त्री निवास बालुवाटारमा पनि विभिन्न दलका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले टिका लगाई दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी बडा दसैँको अवसरमा आफन्तजनलाई टीका तथा जमरा लगाउनु हुँदै ।




















