१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

दसैंले ओझेल पारेको विश्व पर्यटन दिवस



हरेक अंग्रेजी वर्षको २७ तारिखका दिन विश्वभरि पर्यटन दिवस मनाउने गरिन्छ । यो वर्ष पनि विश्वभरि नै २७ सेप्टेम्बरका दिन “सस्टेनेबल टुरिज्मः अ टुल फर डेभ्लपमेन्ट” अर्थात् “दिगो पर्यटनः विकासका लागि औजार” भन्ने नाराका साथ ‘विश्व पर्यटन दिवस’ सम्पन्न भयो भने यस वर्षको विश्व पर्यटन दिवस ३८ औं हो । नेपालले पनि सुरुदेखि नै यो दिवस मनाउँदै आएको छ । सो क्रममा नेपाल सरकार र निजी क्षेत्रका पर्यटन व्यवसायीहरुले अंग्रेजी क्यालेन्डर अनुसार हरेक २७ सेप्टेम्बरका दिन नेपालको एकमात्र अन्र्ताष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा उत्रने पर्यटकहरुलाई फूलमाला, खादा, ढाका लगाई दिएर स्वागत गर्ने, उनीहरुलाई विभिन्न सेवा र सुविधाहरु दिने प्रचलन पनि बढ्दै छ । त्यस्तै सो दिन पहिलो विदेशी पर्यटक (यात्रु) का रुपमा उत्रने जोडी पर्यटकलाई होटल, लज, टे्रकिङ एजेन्सी, ट्राभल एजेन्सी र्याफ्टिङ एजेन्सी आदिले आफ्नो प्याकेजमा विभिन्न सहुलियत र छुटहरु दिने प्रचलन बढ्दै गएको छ । साथै सो दिन पोखरा, भैरहवा लगायतका पर्यटकीय सहरहरुमा पनि विभिन्न औपचारिक र अनौपचारिक कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउने गरिएको छ ।

हुन त पर्यटन दिवसको मात्रै होइन, समग्र पर्यटनको कुरो गर्दा विश्वका प्रायः सबै देशले धेरैअघि नै पर्यटनलाई पनि अन्य उद्योगसरह उद्योगको मान्यता दिइसकेको छ । यता नेपालमा भने, सरकारले पर्यटनलाई केही वर्षअघि मात्रै अन्य उद्योगसरह उद्योगको मान्यता दिएको छ । जुन कुरोलाई ढीलै भए पनि राम्रो मान्नुपर्छ । किनभने, सरकारले अन्य उद्योगसरह पर्यटन उद्योगलाई पनि मान्यता दिएपछि पर्यटन व्यवसायमा लागेका व्यवसायी र पर्यटकलाई विभिन्न सहुलियत, सेवा, सुविधा लगायतका लोयल्टी दिन सकिन्छ । कथंकदाचित तत्कालै माथि उल्लेखित सेवा, सुविधा, र सहुलियत आदि दिन नसके तापनि भविश्यका लागि यसबारे सोच्न सकिन्छ । किनभने, पर्यटन उद्योगको जुनसुकै क्षेत्रमा तीव्र र, एक किसिमले अवस्वस्थ्य प्रतिपर्धा भैरहेकोले पर्यटन उद्योगमा लागेका उद्योगी–व्यवसायीहरुले पक्कै पनि यसबारेमा सोच्ने छन् । तर, यसो गर्दा सरकारले सो व्यवसायीक आधारमा विधि विधानहरु भने लागू गर्नेपर्ने देखिन्छ ।
हामी नेपालीले अंग्रेजी वर्षको हरेक २७ सेप्टेम्बरका दिन ‘विश्व पर्यटन दिवस’ मनाउने भनेको केवल औपचारिकता पूरा गर्ने ढंगले मात्रै नभएर एक हदसम्म नेपाल आउन चाहने तर, भूगोलको आधारमा नेपाल कहाँ पर्छ ? एसिया महादेशमा कि ? युरोप महादेशमा कि ? दक्षिण अमेरिका महादेशमा कि ? उत्तर अमेरिका महादेशमा कि ? अफ्रिका महादेशमा कि ? अष्ट्रेलिया महादेशमा कि ? अन्टार्कटिका महादेशमा ? भनी जानकारी वा ज्ञान नभएका र, कतिपय अवस्थामा नेपाल भन्ने देश अलग्गै देश हो कि ? भारतको एक प्रान्त हो ? वा इटलीको सम्पूर्ण
जनसंख्याको आधारमा तेस्रो ठूलो सहर नेपल्स हो ? भन्नेबारेमा अझै पनि थाहा नपाएका÷नभएका कतिपय विदेशीहरुलाई नेपाल भन्ने देश पनि विश्वका अन्य स्वतन्त्र र सार्वभौम सत्ता भएका देशहरु जस्तै स्वतन्त्र अस्तित्व र सार्वभौम सत्ता भएको देश हो । यहाँ विश्वकै अग्लो (८,८४८ मिटर) हिमचुचुरो चोमोलुङमा/सगरमाथा/एभरेस्ट लगायत हालसम्म मान्यता प्राप्त आठहजार मिटरभन्दा अग्लो १४ वटा हिमचुचुरोहरु मध्ये आठ वटा त हामै्र देश नेपालमा रहेका छन् । त्यस्तै विश्वभरिका बुद्ध धर्म मान्नेहरुको आर्दश वा भनौं भगवान गौतम बुद्ध पनि हाम्रै देश नेपलको लुम्बिनीमा जन्मिएका हुन् भन्ने ‘पेटबोली’सहितको प्रचार सामग्री पनि तयार पार्नु/गर्नु पर्ने देखिन्छ । यसरी हामीले योजावद्ध ढंगले नेपालबारे चिनाउन, सम्झाउन र बुझाउन सक्यौं भने, हरेक वर्ष मनाइने विश्व पर्यटन दिवस अर्थात् २७ सेप्टेम्बरको सार्थकता अरु बढेर जाने छ । त्यसैले हामीले २७ सेप्टेम्बरमा मनाइने ‘विश्व पर्यटन दिवस’लाई पर्यटन प्रवद्र्धनका लागि एक सुनौलो अवसर पनि हो भनी बुझ्नुपर्ने देखिन्छ ।
हुन त हालको सूचना र सञ्चारको् जमानामा कसैले चाहेमा नेपाल कहाँ पर्छ ? भनेर गुगलमा सर्च गर्दा थाहा पाईहाल्छन् । तर, नेपाल कहाँ पर्छ ? भन्ने सन्दर्भमा भन्नै पर्दा केही वर्ष अघिसम्मको कुरो बेग्लै थियो । अर्थात् केही देशका पर्यटकहरुले खासगरी युरोपका केही नागरिकहरुले नेपाल भनेको त भारतको एक प्रान्त÷भाग हो भन्ने ठान्थे भने कतिपयचाहिँं नेपाल भनेको नै इटलीको नेपल्स सहर हो भन्ने पनि बुझ्थे । तर, आजको स्थिति त्यो हदसम्मको नभए तापनि अझै पनि कतिपय विदेशीको मनमा नेपाल भनेको इटलीको नेपल्स सहर नै हो भन्ने भान पर्छ भने यदि होइन भने, अवश्य पनि भारतको एक प्रान्त हो भन्ने भ्रम हटीसकेको छैन ।
विश्व पर्यटनको कुरो गर्दा प्रायः सबै देशशका लागि नभई नहुने पहिलो आवश्यक्ता भनेको पूर्वाधारको विकास हो । त्यसमा पनि नेपाल जस्तो भू–परिवेष्ठित देशहरुलाई विदेशी पर्यटक भित्र्याउन नभई नहुने यातायातको प्रमुख आधार भनेको हवाई यातायात नै हो । त्यसमा पनि अन्तर्राष्ट्रिय हवाई यातायात पहिलो आवश्क्ता हुन जान्छ । तर, दुःखको कुरो हालसम्म नेपालमा चाहिँदो रुपमा हवाई यातायातको पहुँच नभएकैले नेपाल घुम्न आउन चाहने कतिपय विदेशी पर्यटकहरु अन्यत्र मोडिएको स्थिति छ । खासमा हालसम्म नेपालमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । त्यो पनि लगभग २०/२५ वर्षको आवश्यक्तलाई हेरेर बनाइएको थियो । त्यही पनि अन्तर्राष्ट्रिय मापदण्ड विपरित वस्तीहरुकोबीचमा रहेको छ ।र कम क्षमताको हुनु हो ।
जे भए पनि विश्वमा पर्यटनको इतिहास हेर्ने हो भने पर्यटनको इतिहास सुरु भएको लगभग एकसय ७६ वर्ष भैसकेको छ । भनिन्छ, सर्वप्रथम सन् १८४१ मा बेलायती नागरिक थोमस कुकले व्यवस्थित र संगठित रुपले मानिसहरुलाई घुमाउन सुरु गरेपछि नै पर्यटनको इतिहास सुरु भएको हो । थोमस कुकले सुरुमा आफ्नै देश बेलायतका नागरिकहरुलाई आन्तरिक पर्यटकको रुपमा घुमाएका थिए । यसरी व्यवस्थित ढंगले व्नागरिकहरुलाई मन परेको ठाउँमा घुम्न जाने/विदा मनाउन जाने व्यवस्था मिलाएर उनले ‘ट्राभल बिजनेस’ अर्थात् भ्रमण व्यवसाय सुरु गरेका थिए । तर, थोमस कुकले सुरुमा व्यवस्थित र दीर्घकालीन योजना बिना नै भ्रमण व्यवसाय सुरु गरेकाले उक्त व्यवसायबाट नाफा होइन, घाटा खाए । घाटाको व्यापार कति दिन गर्न सकिन्छ र ? अतः उनले यसबाट पाठ सिकेर फेरि कमिसनको आधारमा ‘ट्राभल बिजिनेस’ अर्थात् भ्रमण व्यवसायको सुरुवात गरे । सुरुमा उनले लागत खर्चबाहेक पाँच प्रतिशत कमिसन खान्थे । यसरी कुकले सन् १८४५ मा फेरि कमिसन खाएर यो व्यवसाय सुरु गरेपछि पछाडि फर्केर हेर्नु परेन ।
तर, नेपालमा यो वर्ष हिन्दु धर्मालम्बीहरुको महान चाड बडा दसैं र विश्व पर्यटन दिवस लगभग एकै समय अर्थात् सँगै परेकोले विश्व पर्यटन दिवस ओझेलमा परेको थियो । kehinajannekulung@gmail.com

प्रकाशित मिति : १९ आश्विन २०७४, बिहिबार  ७ : ०८ बजे