२३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026

दनदनी बलिरहेको आगोमा हामफाल्दै छु : निनामहाङ राई


बुद्धवीर बाहिङ

३ कार्तिक २०७४, शुक्रबार  

749
Shares

काठमाडौं । ‘मैले दनदनी बलिरहेको आगोमा गएर हाम फाल्नु खोजेको हो, परबाट आगोको राप देख्दैमा त्यो आगोबाट तर्किने होइन’ निनामहाङ राईले भने । मोडलिङ र खेलकुद क्षेत्रमा अभ्यास्त भैसकेका राई अब चलचित्रमा पनि लगानी गर्दै छन् । नेपाली चलचित्र खस्कीदै गएको बेला किन लगानी गर्न तम्सीनु भयो भन्ने प्रश्नको जवाफमा राईले माथीको पंक्ति भनेका हुन् ।

राईले भने ‘मेरो सोचाई, मेरो भ्यू, मेरो कन्सेप, त्यो आगोले कतिहदसम्म पोल्छ भन्ने पक्षलाई छोएर हेर्नु हो, अनिमात्र थाहा हुन्छ की त्यसको पावर कति छ भनेर ।’ पछिल्लो समयमा नेपाली चलचित्र नचल्नु समाजलाई दिने एउटा सभ्यातापूर्ण शिक्षा नभएर पनि हो । ‘तीनै विषयवस्तुलाई मूल्यङ्कन गरेर, त्यसको मूल्य र मान्यतको बीचमा हामीले चलचित्र मार्फत उतार्ने प्रयास गरेका छौं’ उनले भने, ‘नेपाली सँस्कार, नेपाली समाजमा चाँही के छ भने बल्लबल्ल फिल्म बनायो, राम्रो फिल्म बनेको हुन्छ, तर फिल्म हलमा चलाउन सोर्सफोर्स चाहिन्छ, तर मेरो धारणा के छ भने, फिल्मलाई लाईनबद्ध राखेर कुन फिल्मलाई कति प्राथमिता दिने भन्ने दर्शकको चाहना अनुसार निष्पक्ष रुपमा मूल्याङकन गरिनु पर्छ भन्ने मेरो भनाई हो ।’

वि.सं. २०४५ साल भोजपुरमा मध्यम परिवारमा जन्मिएका राई मोडलिङ क्षेत्रमा उदाउँदो तारा हुन् । उनको बाल्यकाल गाउँमै बित्यो । विद्यार्थी जीवनदेखि नै कराते खेल्न शुरु गरेका उनले अहिले सितोरीयो कतारेमा थ्री डन लिइसकेका छन् । बाल्यकालदेखिनै उनको रुची कलाकारिता क्षेत्रमा थियो । तर साथीहरुको लहैलहमा ब्रिटिस आर्मी समेत भिड्ेका थिए । त्यसबेला उनको खेलक्षेत्र केहि समय रोकिएको थियो । पछि उनले सितोरीयो करातेमा निरन्तरता दिँदै एक कुशल खेलाडी बन्न सफल भए । ‘फो डनको लागि म फेरी जापान जाँदै छु’ उनले भने ।

खेलकुद र मोडलिङ सँगसँगै उनले किराती सभ्यताको कथामा आधारित ‘भीरफूल’ नामक नेपाली कथानक चलचित्र निर्माताको रुपमा हात हालेका छन् । समस्या र चुनौतीसँग कहिल्यै नडराउने, समय र परिस्थितिको बीचमा पनि डटेर लड्न सक्ने उनको क्षमताले यो क्षेत्रमा आएको उनको भनाई छ । ‘पहिलो कुरा समय व्यवस्थापन गर्न सक्नु प¥र्यो, दाल मात्र खाएर पुग्दैन, फुको भात मात्रै खाएर पनि पुग्दैन हाम्रो शरीरलाई, खानको साथमा दाल, तरकारी, नुन, अचार सबै मिसाए जस्तै हामीले एउटै मात्र काम गरेर जीन्दगीलाई टाइम पास गर्नु हुँदैन यो मेरो मान्यता हो’ उनले भने ।

वि.सं. २०५९ सालमा उच्च शिक्षा हासिल गर्न उनी काठमाडौं आएका थिए । उनले विज्ञान विषयमा स्नातक गरेका छन् । तर उनी कलाकारिता र खेलकुद क्षेत्रलाई पेशा बनाएर उज्जवल भविष्य तर्फ लम्किरहेका छन् । उनी भन्छन्, ‘दुध बेच्नेको छोरा दुध नै बेच्नु पर्छ भन्ने कन्सेपमा छैन म, हरेक चिज चाखेर हेर्नु पर्छ, म सैद्धान्तीक कुरालाई भन्दा व्यवहारीक कुरामा विश्वास राख्छु ।’
अरुको भरमा कहिल्यै विश्वास नगर्ने बानीले उनी अहिले यो स्थानसम्म आइपुगेका हुन् । अरुको भरमा बस्ने बानीले सँधै आफूलाई नै घात हुने उनको तर्क छ । सानै उमेरदेखि आफ्नै खुट्टामा उभिन खोज्ने अभ्यासले गर्दा नै उनी एकपछि अर्को सफताको खुड्किलो चढ्दै गएका हुन् ।

पाईलट टेलिश्रृंखलाबाट कलाकारिता क्षेत्रमा लागेका राई अहिले चलचित्र निर्मातासम्म आइपुगेका छन् । कलाकारीता क्षेत्रमा उनको गुरु दिपक त्रिपाठी हुन् । ‘मेरै कम्पनीबाट नेपाली चलचित्र बनाउँदै छु, म को हो र मेरो कलाकारीता के छ, म मा कति खुबी छ भन्ने कुरा त्यहाँ देखाउनु पर्ने च्यालेञ्जेज छ, यो नै मेरो कलाकारीत हो’ उनले भने, ‘त्यसैले उमैले ‘भीरफूल’ नामक नेपाली चलचित्र निर्माण गर्दै छु ।’ ‘भीरफूल’ भनेको किराती सभ्यतालाई अंकित गरिएको एउटा शब्द हो । चलचित्रले देशमा व्याप्त कुरिती, कुप्रथाको यथार्थ चित्रण गर्दै, यस्ता कुरीतीहरुको निर्मूल पार्नलागि सन्देश समेत दिने उनले बताए । चलचित्रको ९० प्रतिशत छायाङकन हिमाली जिल्ला सोलुखुम्बुको दक्षिणी भेगमा हुनेछ ।

किरात सभ्यताको सँस्कार, सँस्कृतिमा आधारित कथानक चलचित्र बनाउन लागेको निर्माता राईले बताए । त्यसको साथ साथै हाम्रो देशको एउटा विकराल समस्या यूवाहरु विदेशिनु पर्ने बाध्यतालाई पनि कथामा समेटिएको छ । बुढापाकाहरुको भनाईलाई सापटी लिँदै ‘हामी भीरको चिण्डो न उधो, न उभो भइउ भन्छन्, हामी युवाहरु अहिले भीरफूल भएका छौं, भीरको फूल न उधो, न उभो’ उनले भने ।
किराती परम्परा अनुसार गाउँ छोडेर रोजगारीको लागि हिड्दा जो कोहिले पनि के भन्छन् भने, ‘लौ शुभयात्रा राम्रो होस, राम्ररी जानु तर यो गाउँ, यो आफ्नोपनाहरु कहिल्यै नछोड्नु, सेक्रो गर्नु, नाक्ले गर्नु, साकेलामा नाच्न आउँनु, यसलाई कहिल्यै पनि नभूल्नु है भनेर आर्शिवाद दिन्छन् ।’ यी विशेष परम्परागत पक्षलाई समेत चलचित्रमा समेटिएको छ । पछिल्लो समयमा युवापुस्ताले त्यो आर्शिवादलाई वेवास्ता गरेका छन् । त्यस्तो किराती सभ्यताका विषयलाई चलचित्रमा उठाउन खोजिएको छ । उच्च शिक्षा अध्ययनको लागि गाउँघर छोडेर हिड्नै पर्ने बाध्यता छ । हामीले जति आधुनिक भए पनि आफ्नोपनलाई कहिल्यै छोड्नु हुँदैन भन्ने चलचित्रले सन्देश दिने उनले बताए ।

अहिलेसम्म पर्दामा देखिएको चलचित्रहरुभन्दा बेग्लै र समाजको यथार्थ चित्रण गर्ने कोशिस गरिएको छ । अहिलेको आधुनिक चिजहरुलाई पनि समेट्दै, देशको परिवेशलाई मध्यनजर गर्दै चलचित्रको कथा तयार पारिएको छ । समाजका नकारात्मक पक्षलाई न्यूनीकरण गर्दै उन्मूलन गर्नको लागि चलचित्रले केहि हदसम्म भए पनि टेवा पुग्ने उनको विश्वास छ ।

चलचित्रको ३ महिनाभित्र सम्पूर्ण काम सकेर च्यारीटी शो गरिने समेत राईले बताए । राईले भने ‘म सम्पूर्ण विदेशमा रहनु भएका आप्रवासी मित्र, दाजुभाई, दिदीबहिनी तथा आमाबुवाहरुलाई के अनुरोध गर्न चाहन्छु भने मैले किरात सभ्यताको फरक पाटोबाट बनाइएको चलचित्र तपाईको सामु ल्याउने कोशिस गर्दै छु, मलाई अवश्य साथ दिनुहुने छ ।’ यो ईतिहासमा कहिल्यै नमेटिने चलचित्र हुने उनको विश्वास छ । ‘म नेपाली पुगेको विश्वको हरेक देशमा यो चलचित्र पु¥याउँछु, यो मेरो प्रतिबद्धता हो’ उनले भने, ‘हाम्रो किरात सभ्यता र प्रोत्साहनको लागि पनि चलचित्र हेर्न अवश्य आउनु होला मैले अहिले देखिनै चुलो निम्तो गरे ।’ साभार : चाम्फुरी मासिक

प्रकाशित मिति : ३ कार्तिक २०७४, शुक्रबार  २ : १४ बजे