२९ जेष्ठ २०८२, बिहिबार | Thu Jun 12 2025

तिम्रो इच्छा अर्कै रोज्ने’ गीतको म्युजिक भिडियो सार्वजनिक


२४ चैत्र २०८१, सोमबार  

259
Shares

काठमाडौँ । गायक, रचनाकार तथा अधिवक्ता अनिल श्रेष्ठको स्वर रहेको गीत ‘तिम्रो इच्छा अर्कै रोज्ने’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सो गीतको भिडियो वास्तविक घटनामा आधारित विषयवस्तुलाई समेटेर अवधारणा बनाइएको गीतकार तथा गायक श्रेष्ठले जानकारी दिए । म्युजिक भिडियोले जिन्दगीमा घटेको यथार्थ घटना र पात्रका कुरालाई समावेश गर्न खोजेको श्रेष्ठको भनाइ छ ।

ललितिपुरका केही स्थान र काठमाडौंका फर्पिङमा छायाङ्कन गरिएको उक्त भिडियोको छायाङ्कन लोक चन्द्र थापालको रहेको छ भने भिडियोको निर्देशन गौतम तण्डुकारले गरेको हो । गीत तथा भिडियोको बजार व्यवस्थापनको जिम्मा यल इन्टरटेन्मेन्ट प्रालिले गरेको छ । यस म्युजिक भिडियोको निर्माताको रुपमा उमेरले मात्र १२ वर्षको बालक सोप्निल श्रेष्ठले गरेको निर्माण पक्षले जानकारी दिए । गीतकार, गायक तथा अधिवक्ता श्रेष्ठ लामो समयदेखि वकालत पेशामा आवद्ध रहँदै आएको व्यक्ति हुन् ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ६ : १४ बजे