भुकम्प पीडितका सवालमा इन्सेकको सार्वजनिक सुनुवाइ

Facebook Debugger

ओखलढुंगा, २५ भदौ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा जन्तरखानी गाविसमा भूकम्प पीडितका सवाल र सरोकारवाला निकायले प्रवाह गरेको सेवा विषयक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । जन्तरखानी गाविसका सचिव लालबहादुर सुनुवारको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा भुकम्प पीडितहरुले गाविसमा दर्ता गराएका गुनासा सुनुवाइ 20160908_132210गर्न जिल्ला स्तरीय गुनासा सुनुवाइ समितिमा पठाउने निणय गर्दै तत्काल कार्यन्वयन गर्ने प्रतिबद्धता सरोकारवाला निकायले गरेका छन् ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधी, वडा नागरिक मञ्च, महिला समुह, नागरिक सचेतना केन्द्र, पुनः निर्माण प्राधिकरणका इन्जिनियर र जन्तरखानी गाविसका भुकम्प पीडितहरुको उपस्थिति रहेको थियो । भुकम्प पीडितहरुले राखेका सवालका विषयमा गाविस सचिव सुनुवार, प्राविधिक सहायक इद्ध मगर, पुनः निर्माण प्राधिकरणका इन्जिनियर विकास सिंह लगायतले जवाफ दिएका थिए । कार्यक्रममा गाविस सचिव सुनुवारले गाविसको आर्थिक वर्ष ०७२÷०७३ को गाविसको आम्दानी तथा खर्चको विवरण सार्वजनिक समेत गरेका थिए ।
भुकम्प पीडितहरुले निर्माण गरिसकेका घरको अनुगमन गरि प्राविधिकहरुले अनुदानका लागि सिफारिस गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । पुनः निर्माण प्राधिकरणका इन्जिनियर विकास सिंहले निमार्ण भएका र निर्माणाधीन घरहरुको अनुगमन गरि आवश्यक सहयोग गर्ने बताए ।
जन्तरखानी गाविसका २ सय ७९ लाभग्राही मध्ये २ सय १३ परिवारको खातामा पहिलो किस्ताको रकम निकासा भइसकेको र बाँकी परिवारको प्राविधिक समस्याले रोकिएकाले समाधान गर्ने काम भइरहेको गाविसले जनाएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार