काठमाडौं । बाम गठबन्धनका नेता तथा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य टंक राईले सबैभन्दा बढि लोकतन्त्रमाथी खतरा नेपाली कांग्रेसबाट भएको बताएका छन् । बाम गठबन्धन निर्वाचन परिचलन समिति सोलु काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा गरेको चुनावी सभाको प्रमुख अतिथिको आसनबाट बोल्दै नेता राईले यस्तो बताएका हुन् ।

लोकतन्त्रलाई संरक्षण नगरेको कांग्रेसको धेरै उदाहरण भएको राईले बताए । राईले भने ‘जतिबेला कांग्रेसले बहुमत लान्छ, जतिबेला कांग्रेस बलियो हुन्छ, त्यत्तिबेला लोकतन्त्र खतरामा परेको उदाहरण छन्, वि. सं. २०१७ सालमा लोकतन्त्रको अपहरण हुँदा सांसदमा दुई तिहाई बहुमत कांग्रेसको थियो, लोकतन्त्रको रक्षा गर्न सक्यो कांग्रेसले, मुख खोलेर भनुन्, राजा महेन्द्रलाई मात्र दोष दिएर पुग्छ, राजा महेन्द्रलाई त्यो कदम चाल्ने सक्ने परिस्थिति दुई तिहाई भएको विपी कोइरालाको प्रधानमन्त्रीत्वमा बनेको सरकारले किन दियो ? के त्यत्तिबेला घाम तापेर बसे उनीहरु ? यत्ति मात्र होइन २०५६ सालमा राजालाई सक्रिय हुने वातावरण कस्ले दियो ? छदाखदाको सांसद कार्यावधी नपुगेको संसदलाई विघठन गरेर राजालाई सक्रिय राजनीतिमा आउने वातावरण कस्ले दियो ? के वामपन्थीले दिएको हो ? त्यही नेपाली कांग्रेसले दिएको हो, त्यसैले जतिजति बेलो नेपाली कांग्रेस बलियो हुन्छ, पूर्णतः बहुमत ल्याउँछ अथवा दुई तिहाई ल्याउछ, त्यत्तिबेला प्रजातन्त्र र लोकतन्त्र खतरामा परेको छ ।’

‘बामपन्थीहरु फुटिरहे भने मात्रै लोकतन्त्र फस्टाउने रे, लोकतन्त्रको रक्षा हुने रे, हाम्रो गठबन्धको घोषणा भएको भोलिपल्ट लौ अब लोकतन्त्रमाथी खतरा भो भनेर कांग्रेसीहरु अत्तालिए’ राईले भने । ‘लोकतन्त्र भनेको कांग्रेसको नाम हो ।’ वामपन्थीहरुले २००६ सालमा स्थापनाकालदेखि मुलुकमा लोकतन्त्र स्थापनाका लागि धेरै बलिदान गरेको उनले बताए । ‘वामपन्थीहरुको लोकतन्त्रप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउन सक्ने संसारको कुनै पनि मान्छेको अधिकार छैन ? हामी स्वयम वर्षौं वर्ष जेल बसेका छौं, लोकतन्त्र र प्रजातन्त्रको लागि ? हाम्रा सुनौलो भविष्य, हाम्रो उर्वर समय, हामीले जेमा विताएका छौं, दण्ड खाएर विताएका छौं, यो व्यवस्था स्थापना गर्न निम्ति, हाम्रा कयौं साथीहरुले आफ्नो जीवन आहुती दिनु भएको यो व्यवस्था स्थापना गर्न, त्यसैले बाम गठबन्धन आजको आवश्यकता हो’ उनले भने ।
विशेष अतिथि तथा नेकपा एमाले बैकल्पिक केन्द्रीय सदस्य किशोर अधिकारीले वामगठबन्धनप्रति कुनै गुनासो नराख्न एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे । समय र परिस्थितिको आवश्यकता अनुसार बाम गठबन्धन भएकाले शीर्ष नेताहरुको सहकार्य र एकताको प्रयासलाई श्रद्धा र सम्मान गर्नुपर्ने बताए ।

नेकपा एमाले साेलुखुम्बुका अध्यक्ष तथा बाम गठबन्धन निर्वाचन परिचालन समितका संयोजक मानवीर राईले प्रधानमन्त्री शेरबहादुर देउवाले तराईका अधिकांश भागहरु डुब्ने गरी सम्झौता गरेरे अाएकाले नेपाली कांग्रेस देश र जनताको लागि खतरा रहेको बताए ।

प्रतिनिधि सभा सदस्यका उमेदवार हेमकुमार राई ‘सुरवीर’ ले बहादुरलाई ढाल्नको लागि तीन कुमार काफी भएको बताए । ‘सोलुखुम्बुमा बाम गठबन्धनबाट तीन जना प्रत्यक्ष तर्फका उम्मेदवार कुमार छौं, हेमकुमार, बुद्धिकुमार र उत्तमकुमार, यी तीन कुमारको पछाडि हजारौं कुमारहरु बहादुरलाई ढाल्नको लागि तयार छन्’ राईले भने ।

‘हेमकुमार राई कुनै एउटा माओवादी केन्द्रको मात्रै उमेदवार होइन, बुद्धिकुमार राजभण्डारी नेकपा एमालेको मात्रै उमेदवार होइन, हामी बाम गठबन्धनका साझा उमेदवारहरु हौं, त्यसैले जीवनमा हसिया हथौडामा भोट नहालेकाहरुले पनि भोट हाल्नु पर्ने छ, र सूर्यमा भोट नहाल्नेले पनि हाल्नै पर्ने अवस्था छ’ उमेदवार राईले भने । ‘म शासक बन्न उमेदवार भएको होइन जनताको असली सेवक बन्न उमेदवार बनेको हो ।’
https://www.youtube.com/watch?v=srFxel_2bwM&feature=youtu.be
प्रदेश सभा सदस्य ख का उमेदवार बुद्धिकुमार राजभण्डारीले दश वर्षे जनयुद्धताका र विभिन्न निर्वाचनहरुको ताका नेकपा एमालेको नेताको हैसियते तपाई माओवादी केन्द्रको कमरेडहरुलाई नेता कमरेडहरुले कार्यकर्ता कमरेडहरुले नेकपा एमालेको कार्यकर्ताहरुलाई नेताहरुलाई केहि त्यस्तो गरेको छ भने नेकपा एमालेको नेता अनि अहिले यो हल मार्फत क्षमा याचना गर्न चाहन्छु र क्षमा लिन चाहन्छु ।


https://www.youtube.com/watch?v=2y5NK8yWbE4&t=8s
प्रदेश सभा सदस्य क का उमेदवार उत्तमकुमार बस्नेतले विकास र समृद्धिको लागि बाम गठबन्धनलाई भोट दिन सम्पूर्ण सोलुखुम्बुका मतदाताहरुलाई आग्रह गरेका छन् । उमेदवार बस्नेतले ‘बाम गठबन्धनलाई स्वीकार दिनुस, विश्वास दिनुस, हामीले विश्वास मात्र मागेका हौं, हामीलाई भोट दिनुस हामी सोलुको कायापलट गरेर देखाउँछौं’ भने ।

https://www.youtube.com/watch?v=oUxlnp0Id2o&t=10s
चुनावी भेलामा निवर्तमान सांसद गोपाल गीरी, पूर्व सांसद आङदावा शेर्पा, नेताहरु राजेन्द्र बस्नेत लगायतले बाम गठबन्धनलाई भोट दिए मात्रै नेपाल र नेपालीको भविष्य उज्जवल हुने बताए । नेकपा एमाले सोलु काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष अर्जुन कार्कीको अध्यक्षतामा भएको चुनावी भेलामा काठमाडौंमा बस्ने सोलुखुम्बेलीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।











