ओखलढुंगा । वाम गठबन्धनका शीर्ष नेता खड्ग योगी अनिल गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न शानिबार निसंखे गएका थिए । पानी परेर सभामा वक्ता व्यवस्थापन गर्न समस्या भएको थियो । उनको नाम बीचमा बोल्ने बेला काटियो । उम्मेदवाहरुले प्रतिबद्धता राखेपछि अन्तमा उनलाई बोल्न राखिएछ ।
मञ्चमा पुग्नासाथ योगिले कविता सुनाउँछु भन्दा धेरै छक्क परे । उनलाई उनलाई भाषण गर्न बोलाएको कविता पो भन्छन् ! धेरै छक्क परे । उनले शुरुमा कवितै सुनाए, वाम गठबन्धनको । कवितापछि संक्षिप्त भाषण गरेका योगिको भाषण नसकिउञ्जेल तालि रोकिएन । कारण एउटै थियो सभामा जाँदा बाटोमा भेटिएकी ८१ वर्षीया हजुरआमा नैनकुमारी खड्काको उम्मेदवारलाई सुझाव दिएको विषय । 
भाषणमा उनले कहानी उनले बाटोमा जाँदा गाडी फसेर बाहिर निस्कदा एक जना हजुर आमा भेटाएछन्, सिद्धिचरण नगरपालिका वडा नं. २ मा । उनले आमालाई नमस्कार गर्दै गठबन्धनका नेतालाई सुर्य चिन्हमा भोट मागेछन् । गठबन्धनका उम्मेदवार यज्ञराज सुनुवार र अम्बीरबाबु गुरुङलाई, किनकी यो क्षेत्र नं क मा पर्छ । त्यसपछि आमाले हाँस्दै सोधिछन्– ‘नेता बाबु खैत त ?’ उनले अघि गइसकेको बताएपछि उनले भनिछन्ः ‘मेरो भेट भएन, यो कुरा तिमिीले सुनाइदेउ कि मेरो सुझाव छः हाम्रा साँसदले घडी नै चोरेर हाम्रो जिल्लाको इज्जत गएको छ भन्ने सुनेको छु, तिम्रा नेताहरु त्यस्ता नहु्न् शुभकामना छ ।’ भनेर दिएको सुझाव उनले सुनाउँदा तालि रोकिएको थिएन ।
उनले यसको संक्षेपमा पुष्टि गर्दै भने– ‘हजुरआमाको सन्देश यस्तो छ । हाम्ररा उम्मेदवारहरु तपाइँहरुका बीचमा हुनुहुन्छ । उहाँहरु पूर्व सांसद, अहिलेका काँग्रेसका उम्मेदवार रामहरि खतिवडा जस्तो घडि चोरको आरोपमा नैतिकता गुमाउनुभएको छैन ।’ हाम्रा उम्मेदवाहरुलाई हामी नैतिककवान् जनताको सेवक बनाउँछौँ भन्दै उनले भाषण टुंग्याए । उनको भाषणले यही कहानीमा ताली पाएको हो ।
खतिवडामा माथि बलबहादुर राई मन्त्री हुँदा सहि कृर्ते गरेको र साँसद रहँदा घडि चोरको आरोप लागेको छ । उनी कृर्तेमा जेल समेत परे पनि यसको खण्डन गर्दै आएका छन् ।







