प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि खुसियाली साटासाट गर्न सोलुखुम्बुका जनप्रतिनिधी जनताको घरदैलोमा पुगेका छन् । प्रतिनिधीसभा सदस्य हेमकुमार राई ‘सुरवीर’, प्रदेशसभा ‘क’ सदस्य उत्तमकुमार बस्नेत र प्रदेशसभा ‘ख’ सदस्य बुद्धिकुमार राजभण्डारी जनताको घरदैलोमा पुगेका हुन् ।

निर्वाचित भएको भोलीपल्टै चुनावलाई बहिस्कार गरेको नेचासल्यान गाउँपालिका वडा नं. ६ तिङ्लामा पुगेर तिङ्लाबासीको मागलाई सम्बोधन गरेका थिए । स्थानीय निर्वाचनमा समेत ‘नो भोट नो क्याण्डीडेट’ भनेर चुनाव बहिस्कार गरेका तिङ्लाबासीले प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनलाई समेत बहिस्कार गरी नो भोट गरेका थिए ।

प्रतिनिधीसभा सदस्य हेमकुमार राई र प्रदेशसभा क सदस्य उत्तमकुमार बस्नेत अहिले दुधकौशीका गाउँपालिका हुँदै सोताङ गाउँपालिका पुगेका छन्, भने प्रदेश ख सदस्य बुद्धिकुमार राजभण्डारी भने समानुपातिक उम्मेदवार सोनामग्याल्नेन शेर्पालाई सांसद बनाउनु पर्ने दायित्व रहेको भन्दै काठमाडौंमा नेताहरुसँग छलफलमा व्यस्त भएका छन् ।

प्रतिनिधीसभा र प्रदेशसभाको पहिलो बैठकपछि निर्वाचित सांसदहरु सोलुखुम्बुको एक नगरपालिका र सात वटै गाउँपालिकामा पुगेर जनताको समस्यालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।















