ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं. १ को मा वडा कार्यालय जाने सडक निर्माण गर्न अक्करे भीरमा बाटो खन्ने स्काभेटर चfलकलाई पैसाको मालाले सम्मान गरिएको छ । सिद्धिचरण नगरपालिकाको वडा नं. १ को नाल्सुदेखी विमिरेसम्म जोड्ने सडक निर्माण गर्ने अपरेटरलाई डरलाग्दो भीरमा नमुना बाटो निर्माण गरेको भन्दै सम्मान गरिएको हो ।
स्काभेटर चालक सुजन श्रेष्ठलाई सडक उद्घाटन गर्न पुगेका सिद्धिचरण नगरपालिकाका मेयर मोहन श्रेष्ठले पैसाको माला लगाइ करुवा उपहार दिएर सम्मान गर्नुभएको छ । 
नाल्सुदेखी वडा कार्यालयसम्म पुग्ने छोटो दुरीको सडक १ हजार ३ सय ६५ मिटर सडक २३ लाख रुपैँयामा चट्टान कटान गरेर निर्माण गरिएको निर्माण समितिका अध्यक्ष एसु थापाले जानकारी दिनुभयो ।
उक्त सडकको उद्घाटन नगरपालिकाका मेयर श्रेष्ठले रिवन काटेर उद्घाटन पनि गर्नुभयो । श्रेष्ठले सिद्धिचरण नगरका १२ वटा वडासम्म सधैँ चल्ने मोटरबाटो निर्माण गर्ने र नगरपालिकाका सबै वडामा विद्युत विस्तार गरेर लोडसेडिङ मुक्त बनाउने घोषणा गर्नुभएको छ ।
सडक निर्माणको काममा प्राविधिक दृष्टिकोणले सबैभन्दा राम्रो सडक निर्माण गरेको भन्दै सिद्धिचरण नगरपालिकाकी उप मेयर इच्छा गुरुङले स्काभेटर अपरेटरलाई एक हजार पुरस्कार दिनुभयो । यो सडक सुचारु भएपछि नगरपालिकाको वडा नं. १ को वडा कार्यालय जाने दुई वटा कच्ची सडक बनेका छन् । यसबाट वडाबासीलाई सहज भएको स्थानीय बासिन्दा हरि घिमिरेको भनाइ छ ।
१२ पुस २०७४, बुधबार
196
Shares







