१ बैशाख २०८३, मंगलबार | Wed Apr 15 2026

मिस राई २०१८ को प्रतिस्पिर्धामा प्रभा राई



काठमाडौं । मिस राई २०१८ को पहिलो प्रतिस्पिर्धाबाट सोलुखुम्बेली चेली प्रभा राई छनौट भएकी छिन् । किरात राई मौलिक कला सँस्कृति केन्द्रको आयोजनमा भएको सीटीबी मोबाइल मिस राई २०१८ मा पहिलो चरणको प्रतिस्पर्धामा १५ जना प्रतियोगी छनौट भएका हुन् ।

मिस नेशनल आईकनमा miss obedient award प्राप्त गरेपछि राईको मोडलिङप्रति रुची बढेको हो । सानै उमेरदेखि मोडलिङप्रति आकर्षित भएकी राईले मोडलिङलाई पेशा र समाजसेवालाई सौखको रुपमा अगाडि बढाउने योजन बनाएकी छिन् ।
प्रतिस्पर्धी राईले मिस राई २०१८ को टप ५ मा पु¥याउनको लागि भोट गर्न सबैलाई आग्रह गरेकी छन् । राईलाई भोट गर्न मोबाइलको म्यासेज बक्समा गएर MR <space> 6 टाइप गरी 33001 मा Send गर्नुहोस । भोटिङ यही माघ २३ गतेसम्म खुल्ला रहने छ ।
किराती कला र सँस्कृतिको संरक्षण गर्दै सामाजिक सेवामा काम गर्ने उनको इच्छा छ । राईको स्थायी ठेगाना नेचासल्यान गाउँपालिका ५, डाँडाटोल सोलुखुम्बु हो ।

प्रकाशित मिति : ७ माघ २०७४, आइतबार  ३ : ३० बजे