हेटौँडा । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले आइतबार नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम नेकपा (एमाले) प्रदेश नं ३ का संसदीय दलका नेता डोरमणि पौडेललाई मुख्यमन्त्री पदमा नियुक्त गरेका छन् ।

प्रदेश प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले आइतबार साँझ पत्रकार सम्मेलन गरी मुख्यमन्त्री पदको नियुक्तिको जानकारी दिए । नवनियुक्त मुख्यमन्त्री पौडेललाई सोमबार बिहान पद र गोपनियताको शपथ गराउने कार्यक्रम रहेको बताइएको छ ।
२८ माघ २०७४, आइतबार
56
Shares







