विश्वले चिर परिचित सबैभन्दा अग्लो हिमालको नामबाट आफनै अस्तित्व बोकेको हिमाल सगरमाथा नेपालको प्रदेश नं १ को सोलुखुम्बु जिल्लामा अबस्थित छ । नेपाललाई स्पष्टसँग विश्वमा आफनै पहिचान बनाउन सफल यो सगरमाथा हिमालको बारेमा आज नेपालकै निर्वाचित माननिय तथा नेताहरु भने प्रदेश नं १ को नामाङकनमा विवाद निकालि रहेका छन । सगरमाथा हिमालले विश्व चिनाउन सक्ने किन आफनो देशभित्रको प्रदेशलाई चिनाउन नसक्ने यो गम्भिर प्रश्न बन्न जान्छ । हामी नेपालीहरु विश्वसामु गौरवका साथ शिर ठाडो पारेर भन्ने गरेका छै कि वुई आर नेपाली , विश्वसामु गहकिलो नामले चिनिएको एक मात्र अग्लो हिमाल सगरमाथालाई हामी प्रदेश नं १ ले चिन्न सकेनै भने कतै हाम्रो सगरमाथाको अस्तित्व के होला प्रश्नै प्रश्न रहेका छन ।
नेपालमा २००७ साल, २०४६ साल हुदै २०५१ सालको जनयुद्ध अनि २०६२, २०६३ सालको आन्दोलनबाट जम्मिएको यो लोकतन्त्र, गणतन्त्र, संघियता, सम्बिधान जस्ता उपलब्धिलाई संस्थागत गर्नेको लागि हालै मात्र तिन तहको निर्वाचन सम्पन्न भएका छन जसमा स्थानिय सरकार, प्रादेशिक सरकर र केन्द्रिय सरकार , यि तिनवटा सरकार सहजै जम्माउनुमा नेपाली जनताको त्याग तपस्या र निकै ठुलो बलिदानी समेत रहेको छ । त्यो हिजोको बलिदानीले गर्दा आज हामी गर्वका साथ भनिरहेका छै कि अबको देशेका लडाई भनेको सम्बृद्धि, शुसासन, र समानता सहितको स्थाई सरकार अबको माग हो जु अत्याधिक बहुमतले नेपाली जनताले सहजै पुरयाएका पनि छन ।
यो बहुमतलाई कदर गर्दै अबका दिनमा उज्वल भविश्य तिर लम्कन आवाश्क रहेका छ । प्रदेशको नाममा विदाद हुन्छ नहुने हैन तर जात जाती, धमर्, समाज र सस्कृति सबैलाई उचित हुने प्रदशको नामाकरण तिर जान आवाश्यक रहेको छ । म आजभोली देख्दैछु नेताभनाउदाहरुको फेसबुकका वालहरुमा कतै किरात राज्य कतै लिम्बुवान राज्य अनी केही को वालमा सगरमाथा नामाकरण गर्नु पर्दछ भन्ने पनि , मेरो आफनो बिचारमा देशमा कुनै पनि जातिय हिंसा नमच्चाउने र साम्प्रदायिकता नभडकिने खालको सबैलाई एकै ठाउमा जोडने नामाङकनको बिचार गर्दा हुन्छ ।
विश्व बजारमा आफनै पहिचान बनाउन सफल आठ हजार आठ सय अठचालिस मिठर उचाई भएको सगरमाथा हिमालले चिनिएको प्रदेश नं १ लाई कहि कतै बाट पनि नामाङकनको विषयमा पछि पार्न हुदैन । नामाङकन राख्दा प्रदेशको पहिचान झल्कने, जसबाट सम्बृद्धिको पनि भल्किने नाम राख्नु उचित देखिन्छ । निर्वाचन सम्पन्न भईसके पछि स्थानिय तहमा बिभिन्न ठाउमा जातियताको आधारमा नामाकरण गरिएको छ जहा सबैलाई उचित नलागिरहेका विषय पनि छ । हामी नपाली चार जात छक्तिस वर्णका है भन्ने कुराको पनि चिन्तन मनन गर्ने आवाश्यक छ । प्रादेशिक नामाकरण गर्दा बहुजातिक, बुहभाषिक ,बहुधार्मिक, बहुसस्कृतिक भएको देशमा आफनो पहुच छ भन्दैमा आफु अनुकुल कनै पनि नामाकरण राख्न हुदैन । जातियताको आधारमा संधियताको अभ्यास गर्दा सुडानमा के भईरहेका छ सबैले बिचार गर्नु पर्दछ । नामाकरण राख्दा हिमाल , नदि बन जंगल आदिको नामबाट राख्ने गरियो र सबैलाई मान्य भएको खण्डमा प्रभावकारी हुन्छ ।
प्रदेशको नामाकरण गर्दा कसैले पनि बहुमत र अल्पमतको हिसावकिताव नगरी अनी बुहतले आफलाई उचित हुने नामाकरण पनि नगरियोस । प्रदेश नं १ ले कुनै पनि आग्रह पुर्वाग्रह नराखी सबैले सर्बसम्मत रुपमा सगरमाथा प्रदेशलाई नामाङकन गर्दा उचित र प्रभावकारी देखिन्छ । सगरमाथा यो मानेमा पनि राख्न उचित देखिन्छ कि भोलिका दिनमा प्रदेश नं १ लाई अन्य प्रदेश भन्दा सम्बृद्धिको दिशामा लान सक्ने धेरै आकारहरु पनि छन । हामी सबैले एक पटक ममन गर्ने पर्ने देखिन्छ कि सगरमाथाले नेपाल अनी प्रदेश नं १ लाई मात्र पहिचित बनाएको छैन की विश्वसामु आफनै पहिचान भल्काएको छ । हामिले सन्कुचन माईन्डले मात्र नहेरी अलि बोल्ड कन्सेप्ट बाट पनि मनन गर्नु पर्दछ ।
समाचार तथा बिभिन्न अनलाईनहरुमा सगरमाथा राख्ने वा अन्य कुनै नामाङकन राख्ने भन्ने बहस पनि हुदै आईरहेका छ । सबैले अन्य नामाकरणलाई भुलेर प्रदेश, राष्ट्र अनि विश्वमा आफनो पहिचान स्थापित गर्ने सक्ने नामाकरण हो सगरमाथा , यस नामाकरणलाई सबै मिलेर न्वारन गर्ने पनि सल्लाहा तथा सुझाव दिन्छु । अनि यो पनि भन्न चाहान्छु कि हामी आफैबाट हाम्रो स्वाभिमानलाई व्यावस्थापन गरिएन भने भोलिका दिनमा अरु कसैबाट पनि हामी सुरक्षित हुन सकिदैन । हामिले यो पनि सिक्न आवाश्यक छ की भोलिको दिनमा तेही सगरमाथाले प्रदेश नं १ लाई सगरमाथाको उचाई सो सरह पुरयाउने हुदा पनि सबै निर्वाचित प्रतिनिधिहरुमा पनि यो आग्रह छ की कुनै पनि हालतमा सगरमाथाको उचाईमा गिरावट ल्याउन हुदैन । हामी सबै प्रदेश नं १ मा अबस्थित नागरिकहरुले हाम्रो प्रदेश सगरमाथा भनेर गर्वका साथमा भन्ने मैका कुनै पनि हालतमा गुमाउन हुदैन ।
अन्तत सबै केन्द्रिय प्रतिनिधि तथा प्रादेशिक प्रतिनिधिहरुमा बहसको केन्द्र बिन्दु होस कि प्रदेशको नाम सगरमाथा रहने गरि , अनी कुनै पनि जातियताको नामबाट बनाउने पहल कदमी नगरियोस , सबैले भन्न सक्ने वातावरण बनाउनुस कि हामी सबै एक है , सबैलाई एकै ठाउमा अटाउने सक्ने बनाउनुस बास जय देश, जय प्रदेश, जय सगरमाथा
१४ फाल्गुन २०७४, सोमबार
280
Shares







