७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

संघीय संसदको पहिलो बैठकले प्रतिनिधिसभा अन्तरिम कार्यविधि सर्वसम्मत पारित



काठमाडौं । लोकतान्त्रिक गणतन्त्र, नयाँ संविधान जारी र मुलुकमा भएको निर्वाचनपछि संघीय संसदको पहिलो औपचारिक अधिवेशन सोमबारबाट सुरु भएको छ । सोमबार चार बजे बसेको संसदको पहिलो बैठकले प्रतिनिधिसभा सदस्य सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधि पास गर्दै सम्पन्न भएको छ । बैठकमा अध्यक्षता गरेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले संविधानअनुसार नयाँ निर्वाचनपछि बनको मौजुदा सरकार गठनबारे सदनलाई जानकारी गराएका थिए ।

साथै अन्तरिम कार्यविधिको दफा ५ को उपदफा १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितमा सभाको अध्यक्षता गर्नका लागि खगराज अधिकारी, मान बहादुर विश्वकर्मा, पूर्णकुमारी सुवेदी, लक्ष्मणलाल कर्ण र उमाशंकर अरगडियाको नामलाई अनुमोदन गरेको छ ।

त्यसअघि बैठकको शुरुमानै सभामुख महन्थ ठाकुरले संघीय संसदको पहिलो अधिवेशनको पहिलो बैठकको कारवाही प्रारम्भ भएको जानकारी गराउदै अधिवेशन आव्हान सम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका थिए । संविधानको धारा ९३ को उपधारा १ मा पहिलो बैठकको आव्हान राष्ट्रपतिले गर्ने व्यवस्था छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका माननीय सदस्य केपी ओलीलाई फागुन ३ गते नियुक्त गरेको सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पनि सभामुखले बैठकमा पढेर सुनाएका थिए । यसअघि हिजोनै दलहरुबीच संसद बैठकका कर्यसूचि तय गरिएको थियो । अर्को फागुन २२ मंगलबार ११ बजे बस्नेछ ।

संघीय संसदको पहिलो बैठकमा सहभागी भएका प्रतिनिधिसभाका सदस्यहरु ।

प्रतिनिधिसभा अन्तरिम कार्यविधि अध्ययन गर्दै सदस्यहरु ।

बैठक कक्षमा सभामुख प्रवेश गर्दा उठेर सम्मान गर्दै सदस्यहरु ।

बैठकमा अध्यक्षता गरेका ज्येष्ठ सदस्य महन्थ ठाकुर राष्ट्रिय गान गाउँदै ।

प्रधानमन्त्री केपी शर्मा अोली संघीय संसदको पहिलो बैठकमा प्रवेश गर्दै ।

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डित बैठककक्षमा प्रवेश गर्दै ।

निवर्तमान सभामुख तथा सांसद ओनसरी घर्तीमगर बैठकक क्षभित्र प्रवेश गर्दै ।

नेपाली कांग्रेस संसदिय दलका उपनेता तथा सांसद विजयकुमार गच्छदार बैकक कक्षभित्र प्रवेश गर्दै ।

नेपाली कांग्रेसका काेषाध्यक्ष तथा सांसद सीतादेवी यादव बैठक कक्षभित्र प्रवेश गर्दै ।

पहिलो बैठक सकिएपछि प्रधानमन्त्री केपी शर्माओलीसँग कुरा गर्दै सांसद ।

तस्वीरः बुद्धवीर बाहिङ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७४, सोमबार  ३ : ५१ बजे