२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

अन्तरिम कार्यविधि पास गर्दै सकियो राष्ट्रिय सभाको पहिलो बैठक [फोटोफिचर]



काठमाडौं । संघीय संसद अन्र्तगत राष्ट्रियसभाको पहिलो बैठक ‘राष्ट्रियसभा बैठक सञ्चालननका लागि अन्तरिम कार्यविधि’ पास गर्दै सकिएको छ ।

अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँवानेश्वरमा सोमबार अपरान्ह बसेको पहिलो बैठकले राष्ट्रियसभा बैठक संञ्चालनका लागि अन्तरिम कार्यविधि पास गरेको हो । साथै बैठकले अध्यक्ष एवं उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि परशुराम मेघी गुरुङ, राधेश्याम अधिकारी र कालीबहादुर मल्लको नामलाई अनुमोदन गरेको छ ।

बैठकको सुरुमा बैठकको अध्यक्षता गरेकी जेष्ठ सदस्य तारादेवी भट्टले बैठक आव्हान सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएकी थिइन् । नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका माननिय सदस्य केपी ओलीलाई यही फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त गरेको व्यहोराको पत्र पनि पढेर सुनाइकी थिइन् ।

अर्को बैठक भोली मंगलबार ११ बजेका लागि बोलाईएको छ ।

ज्ञात अज्ञात शहिदहरुको नाममा २ मिनेट मौनधारण गर्दै राष्ट्रियसभाका सदस्यहरु ।

राष्ट्रियसभाको पहिलो एेतिहासिक बैठकमा राष्ट्रियसभाका सदस्य अगम वान्तावा लगायत अन्य सदस्यहरु ।

राष्ट्रियसभाको पहिलो एेतिहासिक बैठकमा राष्ट्रियसभाका सदस्य तथा पूर्वसञ्चारकर्मी कोमल ओली लगायत अन्य सदस्यहरु ।

राष्ट्रियसभाको पहिलो एेतिहासिक बैठकमा गृहमन्त्री रामबहादुर थापामगर ‘बादल’ लगायत अन्य सदस्यहरु ।

प्रकाशित मिति : २१ फाल्गुन २०७४, सोमबार  ४ : ३९ बजे