जलवायु परिर्वतनले मानवमा प्रत्यक्ष असर ः मन्त्री जोशी

0 Shares

भीमदत्तनगर, २९ भदौ । जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले जलवायु परिर्वतनले मानवमा प्रत्यक्ष असर देखिएको बताउनुभएको छ ।

आज कञ्चनपुरको भीमदत्तनगरमा आयोजित जलवायुसम्बन्धी गोष्ठीमा मन्त्री जोशीले केही समययता जसङ्ख्याको चापका कारण वातावरणमा समेत प्रतिकूल प्रभाव परिरहेको बताउनुभयो ।

उहाँले जलवायु परिर्वतनकै कारण विभिन्न किसिमका सङ्क्रमण बढ्दै गएको बताउँदै वातावरणमा देखिएका समस्या न्यूनिकरणका लागि मन्त्रालयले विभिन्न प्रयास गरिरहेका जानकारी समेत दिनुभयो ।

“सौर्य ऊर्जा, वैकल्पिक ऊर्जा र बायोग्यास क्षेत्रमा मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्, मन्त्री जोशीले भन्नुभयो– “हामीले चुनौतीको विश्लेषण गरी कार्यक्रम ल्याइरहेका छौँ ।”

उहाँले पहाडी क्षेत्रमा लामखुट्टेको प्रभाव देखिनुका साथै मनसुनका बेला बर्षा नहुनु पनि जलवायु परिर्वतनकै असर भएको उल्लेखगर्दै वातावरण संरक्षणका लागि वातावरणमैत्री यातायात सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो ।

त्यसैगरी मन्त्री जोशीले आज दिउँसो कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वनहरामा मुक्त कमैयाको चौथो जिल्ला भेलालाई समेत सम्बोधन गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार