४ फाल्गुन २०८२, सोमबार | Tue Feb 17 2026

किरात प्रदेशमा सगरमाथा शव्दको उचाई



पञ्चायतीव्यवस्था रहँदा सम्मनेपालमाका किरातीबसोवास गर्ने भेगलाई किरात प्रदेश नै लेखाउनेचलनथियो । किरातीबसोवास भएको पुर्वीभेग एक प्रकारको किरात प्रदेश नै थियो । रामेछाप, दोलखातिरका सवैखालेकागजपत्रतथा मुद्दाहरुमा दुई नम्बर, वल्लोकिरातप्रदेश भनेर उल्लेख नगरी हुँदैन थियो । त्यसैगरीखोटाङ तिर तीननम्बर माझकिरात भनेर उल्लेख हुनै पथ्र्यो ।भने पाँचथर तिर पल्लो किरात भनेर उल्लेखगर्ने चलनथियो ।यी सवै क्षेत्र पृथ्वीनारायण साहाले विभाजित गरेका हुन् । योनामपञ्चायतीब्यवस्था सम्मलागु भयो । धेरै पुरानोपनिहैन ।दस्तावेज खोजिगर्दा फेला पर्ने र साँक्षी स्वरुप लेखापढी गर्नेकानुनब्यावसायीहरुपनिआज सम्म प्रसस्तै पाईन्छन् । तर २०४८ सालको प्रजातन्त्रको संविधान संगै उल्लेखितकिरात पहिचानभएका ठेगानाकानामहरु हटाईए ।
प्रजातन्त्रआईसकेपछि पनिविभिन्न ठाउँहरुको नौरानगर्नेकामहरु भएका छन् । उदाहरणका लागि जस्तो खोटाङको दोर्पालाई चिउरिडाँडा, सोलुखुम्बुको नुम्बुर हिमालतथाताललाई दुधकुण्ड नामाकरण गर्ने कामभयो । गणतन्त्र आएपछि दुधकुण्ड भन्नेनामलाई अझ दस्तावेजीकरण गर्ने कामभएको छ ।ऐतिहासिकनामहरु प्रजातन्त्र आएपछि मात्रहट्न सुरु भएकाभने हैनन् ।सन् १८८८ माजन्मेका एकजना साहित्यकार बावुरामआचार्यले उनको रचनामा सगरमाथा सब्द समावेस गरेका थिए । त्यही सगरमाथासब्द पछि नेपालमाप्रचारमाल्याईए ।बावुरामजन्मनु भन्दातीस वर्ष पहिलेनै अर्को नामएभरेष्ट राखिएको थियो । जुन समयमाचोमोलुङमानामले प्रख्यातथियो । चोमोलुङमा पछि सगरमाथानामराखिएको भने हैन ।भारतवृटिसको उपनिवेस हुँदावृटिसको एक सर्वे टोलीले यसको उचाई नापीवरी संसारको अग्लो भनेर पत्तालगाकाथिए । जुन टोलीको नेतृत्व वृटिस सेनाका जनरल जर्ज एभरेष्टले गरेका थिए । उनै जनरलको नामबाट चोमोलुङमाको नाम सन् १८५६ मादोश्रो नामाकरणगर्दा एभेरेष्ट राखियो ।
सगरमाथाको अर्थ खस भाषामा”आकाशको शिर” हुन्छ । बावुरामआचार्यले सगरमाथाबारे कुनै योगदान गरेर नामलेखेकाभने हैनन् । बावुरामले भावनामा बगेर साहित्य लेख्दासर्वोच्च शिखरको नाम सगरमाथारहनगयो ।एभरेष्टको उचाई आकासको सवैभन्दामाथी रहेको जर्ज एभरेष्टको निष्कर्ष बाट थाहा पाएपछि आचार्यले नयाँनामसगरमाथा राखेका थिए ।चोमोलुङ्माशब्दप्राचिननामथियो र हाल सम्म छ । तर सरकारी प्रयोजनमा समावेस छैन ।किरातीमुन्दुमाआउने चोमोलुङमा को शाब्दिक अर्थ हुन्छ “सवैभन्दाअग्लो ढुंगाको आमा” । यसले के बुझ्न सकिन्छ भने किरातीहरुमाउचाई नाप्ने आधुनिकप्रविधिनभएको बेलामाउनिहरुले चोमोलुङ्माभनेर अर्थपुर्ण नामराख्नकसरी सके ?आधुनिककालको मापन संग मेल खाने प्रचिन किरातीको ज्ञान वाकलाको सम्भव कसरी भयो?मुन्दुमशिक्षाबारे खोजीहुनुअर्को पाटोकोविषयहुन सक्छ ।
मुन्दुमनिर्देशित वैज्ञानिक पहिचानकानामहुँदाहुँदै प्रदेश एकको नामाकरण गर्ने विषयमाविभिन्नखेलाईंचीचलखेल सुरुभएको छ ।हामीले बुझि सक्यौं कीसगरमाथानाममा न कुनै योगदान छ, न पहिचान छ ।यसमा केवल एउटा साहित्यकारको भावना छ । अनिकेवल खस भाषा । यो भन्दा बरु एभरेष्ट अलिकउपयुक्त छ । किनकीजसले आधुनिकप्रविधि बाट उचाई पत्तालगाए । तथापीजुनप्राचिनचोमोलुङ्मानाम छ यसले आधुनिकप्रविधिको प्रमाणलाई प्राचिनकालमानै पुष्टि भएको बुझाउँछ । आधुनिकप्रविधि संग मेल खाने किरातीको प्राचिनमुन्दुमीनामचोमोलुङ्माभन्दाअर्को पहिचानको नामउपयुक्त छैन ।
प्रदेशएकको नौरानगर्ने अवसर पाएका संसदहरुलाई थाहाहुनु पर्छ । सिक्किममाअधिकांशखस भाषाबाट नाम राखिएका ठाउँहरु फेरी पुरानै लेप्चाभाषामा स्थापित गराईए । भुटानमा पनित्यस्तै भयो ।मात्रनभएर भारतको अरुणाञ्चलको धेरै क्षेत्रमाअहिले त्यहाँकालेप्चा, भोटेभाषामानामाकरण गर्ने लहर चलेको छ । यस्ता उदाहरण धेरै छन् ।हामीले बम्बई भन्दै आएको भारतको शहरलाई अहिले मुम्बई बनाईयो । पुनालाई पुणे, कलकत्तालाई कोलकात्ताबनाईयो । यीनामहरुपरिवर्तन हुनुमात्यहाँकाऐतिहासिकपहिचानसंगजोडिएका कारणहरु छन् ।
अब हाम्रो काँधमापहिचान राख्ने जिम्मेवारी अवसर भएर आएको छ ।हामीले यो अवसरबाट पहिचान राख्नचुक्यौंभने ईतिहास कुहिरोको काग जस्तो हुने छन् ।कतिपयले बुझ्छन् किरातीको पहिचान राख्दाअरुलाई हेला हुन्छ । तर पहिचानको अर्थ यस्तो साँघुरो पक्कै छैन । पहिचानभनेको नदिको मुहान संरक्षण गरे जस्तो हो । नदीजती संरक्षण गर्यो त्यतीपानीउपभोग गर्नेलाई फाईदा हुन्छ ।तात्पर्य सगरमाथा सब्दको यहाँकुनै ठूलो योगदान भेटिन्न ।सगरमाथाशब्दलाई उखेलेर फाल्नुपनिहुँदैन ।यसलाई साहित्यिक क्षेत्रमाप्रयोग गर्नु उपयुक्त छ । चोमोलुङ्माशब्दको प्रयोगभने सरकारी भाषामाहुन जरुरी छ । विश्वमाअहिले पनिएभरेष्ट र चोमोलुङमाभनेरनै प्रख्यात छन् । सगरमाथाशब्दवास्तवमाभारतमा समेत अनविज्ञ छन् ।
नेपालमाअहिले त्यहीतात्वीकपहिचाननभएको सगरमाथाशब्दलाई एक नम्बर प्रदेशको नामाङ्कनगर्नेप्रयास हुँदैछ । सगरमाथानाम राख्नु भनेको प्रदेश प्रतिनिधिको विबेक फेल खानु पनिहो । पहिचाननभएको सगरमाथाको बदलामाप्रदेशको नामचोमोलुङ्मा राख्नु भन्ने पनि हैन ।चोमोलुङमा, एभरेष्ट वा सगरमाथायीशब्दहरुको आ–आफ्नै महत्वपुर्ण उचाई छ ।
किरात प्रदेश राख्ने बारे धेरै राम्रा नराम्राबहसहरु भए । यस विषयमा नराम्रा बहस गर्नेपक्ष छाँयाँमा सिमितभए । सवलपक्ष बाट हिन्दुको दृष्टिले हेर्ने हो भने बेद, शास्त्र, पुराण, कथाहरु जाहीँताहीँ किरातीबारे वर्णनभएको छ ।हिन्दु विज्ञहरुले चाहेको भएयी सवै वर्णनहरु नामेट बनाउन सक्थे । तर हिन्दुकाविज्ञहरुले मेटाउन चाहँदैनन् । किरातीको ईतिहास त्यहाँबाट झिक्नु भनेको हिन्दुको ईतिहास अपुष्ट हुनु हो ।, अस्पस्ट हुनु हो ।,मनोगणन्ते हुनु हो । शास्त्रहरुकाअनुसार भारतदेखिउत्तर खण्ड पर्वतमालाकिरात देश भनेर उल्लेख भएको पाउँछौं। हिन्दुको सामान्य पुराणहरु मार्फत पनि सर्वसाधारणमा यस बारे वोध भएको पाउँछौं ।
कमसेकमदेशभनेको ठाउँमा प्रदेश मात्रभयो भने पनिहिन्दुको ईतिहासलाई वैज्ञानिक पुष्टि हुने महत्वपुर्ण आधार रहनेछन् ।यसर्थ किरात प्रदेशनामांकनको पहिचानहुनु भनेको ईतिहासको सम्मानगर्नुहो । सही ईतिहासको संरक्षण गर्नु हो । सह–अस्तित्व, सद्भावको वातावरण हुनुहो । सह–अस्तित्व र सम्मानको भावनाको कदर पछि मात्रप्रदेशमाविकासको ढोका खोल्न सहजहुनेछ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७४, बिहिबार  १ : ३५ बजे