सदा झँैं यस वर्ष पनि अंंग्रेजी वर्षको मार्च महिनाको ८ तारिखका दिन विश्वभरि महिला (नारी) दिवस मनाइयो । यो वर्ष समेत जोड्दा विश्वमा महिला (नारी) दिवस मनाउन थालेको १ सय ८ वर्ष भयो । बितेका दिनमा महिलाहरुका सम्बन्धमा विश्वमा राजनैतिक, आर्थिक, सामाजिक लगायत समाज परिवर्तनमा धेरै उथलपुथलहरु भएका छन् ।
महिलाले हाल जे जति प्राप्त गरेका छन्, ती त्यति सजिलैसँग प्राप्त भएको भने होइन । अझै पनि कतिपय देशमा महिलाहरुका लागि, खासगरी खाडी देशलगायत ईस्लाम धर्म मान्ने देशहरुमा महिलाका लागि राजनैतिक लगायत अन्य हकअधिकारको त के कुरा, सामान्य भन्दा सामान्य अधिकार पनि प्राप्त भएको छैन । जस्तै साउदी अरबमा गत वर्षसम्म पनि महिलाले आफै गाडी चलाएर (हाँकेर) हिँंड्न पाएका थिएनन् भने सार्वजनिक रुपमा एक्लै दुक्लै हिंड्न पाउँदैनन । त्यसो त केही महिनाअघि मात्रै साउदी अरबका महिलाहरुले पनि रंगशालामा गएर खेलकुद प्रतियोगिता हेर्न पाउने निर्णय साउदी सरकारल गरेको छ ।
त्यस्तै कतिपय देशमा २१ औं शताब्दीमा पनि महिलाले जागिर खान र आत्मनिर्भर बन्न पाएका छैनन् । यसरी उनीहरु कामकाजी, स्वरोजगार भएर र, आत्मसम्मानका साथ समाजमा शिर ठाडो पारेर हिंड्न सकेका छैनन् । कतिपय देशमा अभैm पनि महिलाहरुले राजनीतिमा भाग लिन (उम्मेदार हुन र मत हाल्न) समेत पाएका छैनन् । जबकि भन्ने बेलामा २१ औं शताब्दी भन्ने गरिएको छ । यसरी भन्ने हो भने, धेरै महिलाहरुले आपूm के हुँ ? को हुँ ? भनी आपैmलाई बुभ्mने अवसर समेत पाएका छैनन् ।
तर, विश्व महिला इतिहास हेर्दा जबदेखि महिलाहरुमा राजनैतिक, वैचारिक र सैद्वान्तिक रुपमा चेतना आयो तबदेखि नै उनीहरुले एकात्मक र पुरुष सर्वसत्तावाद विरुद्ध संघर्ष गर्न थाले भन्न सकिन्छ । त्यस क्रममा विश्वमा धेरै महिलाहरुले आ–आफ्नो क्षेत्रबाट आफ्नो हकअधिकारका लागि राजनैतिक आन्दोलनको नेतृत्व गरे÷सुरुवात गरे । त्यस क्रममा देखा परेका र नेतृत्वदायी भूमिका खेलेका महिलाहरुमा रोजा लक्जम्बर्ग, क्लारा जेट्किन आदि महिलाहरु पर्छन् ।
त्यस्तै नेपालमा पनि विभिन्न कालखण्डमा विभिन्न महिलाले सामाजिक, धार्मिक, राजनैतिक, आर्थिक, सामाजिक लगायत क्षेत्रमा परिवर्तनका लागि आन्दोलन गरे । त्यसरी आन्दोलन वा सामाजिक विद्रोह गर्नेहरुमा योगमाया न्यौपाने, कामाक्षदेवी, मोतीदेवी श्रेष्ठ, साधना श्रेष्ठ, साहना प्रधान, मंगलादेवी सिंह, द्धारीकादेवी ठकुरानी, चन्द्रकान्ता मल्ल लगायत सयौं महिलाहरुको नाम लिन सकिन्छ ।
तापनि यहाँ राणा शासनकाल (जुद्धशमशेर श्री ३ महाराज भएको बेला) मा हालको भोजपुर जिल्लाको नेपालेडाँडा, सिम्ले गाउँमा विक्रम संवत् १९२५ मा आमा चन्द्रकला न्यौपाने र बुबा श्रीलाल न्यौपानेको छोरीको रुपमा जन्मेकी ‘योगमाया’ अर्थात योगमाया न्यौपानेलाई यो लेखमा विशेष चर्चा गरिएको छ । किनभने, त्यो बेलाको हिन्दु उच्च जातीय अहंकारवादको जगजगी र ‘हुकुमको जवाफ छैन, कालको औषधि छैन !’ भन्ने राणा शासनको समयमा पनि योगमायाले तल्लो इकाइदेखि प्रधानमन्त्रीसम्म सामाजिक असमानता, भेदभाव, छुवाछूत, रुढीवादी अन्धसंस्कार, कूरीति, शोषण, उत्पीडन, घुसखोरी, दासदासीप्रथा, सतीप्रथा, अन्याय, अत्याचार र कट्टर ब्राह्मणपन्थका विरुद्ध सशक्त रुपले विद्रोहको आवाज उठाउने अदम्य साहस गरेकी थिइन । स्रोतः निर्मलकुमार आचार्यद्धारा लिखित, ‘प्रथम नेपाली महिला’ नामक किताब, पाना–२१५ । भनिन्छ, योगमयाले त्यो बेला श्री ३ महाराज जुद्धशमशेर समक्ष ‘सत्य धर्म भिक्षा’ को रुपमा सामाजिक असमानता, भेदभाव, छुवाछूत, रुढीवादी अन्धसंस्कार, कूरीति, शोषण, उत्पीडन, घुसखोरी, दासदासी प्रथा, सतीप्रथा, अन्याय, अत्याचार र कट्टर ब्राह्मणपन्थ लगायत २ सय ६८ वटा मागहरु बुँदागत रुपमा प्रस्तुत गरेकी थिइन । र, योगमायाको उक्त मागपत्र पटक–पटकको प्रयासपछि श्री ३ जुद्धशमशेर कहाँ पुग्यो । र, श्री ३ जुद्धशमशेरले पनि योगमायालाई ‘सत्य धर्म भिक्षा’को पालना गर्ने वचन दिएका थिए । तर, व्यवहारमा श्री ३ महाराज जुद्धशमशेरले योगमायाको २ सय ६८ वटा मागको रुपमा रहेको ‘सत्य धर्म भिक्षा’लाई वास्ता गरेनन् । लागू गर्ने त कुरै भएन । फलतः योगमायाले आफ्ना २ सय ४० जना अनुयायीहरुका साथ अग्निदाह गर्ने निधो गरिन् ! यसका लागि मिति समेत घोषणा गरी वि.सं. १९९५ मंसिर पूर्णिमाका दिन तोकियो । यसरी योगमायाले अग्निदाह गर्ने हल्ला चलेपछि तत्कालीन राणा शासकका स्थानीय प्रशासकले योगमाया लगायत सबैलाई पक्राउ गर्यो । केन्द्रमा रहेका राणा शासकले उक्त घटनामा पक्राऊ परेका मध्ये महिला (स्त्री) र केटाकेटीलाई छाड्नू भनी आदेश दिएकोले योगमाया पनि महिला (स्त्री) भएकोले छुटिन ।
यसरी आफूले उठाएको असमानता, भेदभाव, छुवाछूत, रुढीवादी अन्धसंस्कार, कूरीति, शोषण, उत्पीडन, घुसखोरी, दासदासीप्रथा, सतीप्रथा, अन्याय, अत्याचार र कट्टर ब्राह्मणपन्थका विरुद्ध तत्कालीन श्री ३ महाराज जुद्धशमशेर समक्ष ‘सत्य धर्म भिक्षा’को रुपमा २ सय ६८ वटा मागले पनि पार लाग्ने (माग पूरा हुने) नदेखेपछि जीवनकै बलिदान दिने र यसले शासकहरुमा चेत आउँछ कि ! भन्ने सोचका साथै देशका भावी सन्ततीलाई पनि मार्गदर्शन हुन्छ कि ! भन्ने विचार गरेर सदाका लागि मोक्ष प्राप्त गर्ने उदेश्यले योगमायाले जल समाधि गर्ने निधो गरिन । उनले जल समाधि गरेको दिन थियो –विक्रम संवत् १९९८ असार १३ गते ।
स्मरणीय छ, अरुण नदीमा उनले जल समाधि दिएकी थिइन भने उनीसँगै अन्य ४३ महिला र १६ पुरुषले पनि जल समाधि लिएका थिए । यसरी ‘हुकुमको जवाफ छैन, कालको औषधि छैन !’ भन्ने राणा शासक र कट्टर ब्राह्मणपन्थी (बाहुन) हरुलाई पाठ सिकाएर योगमाया लगायत ५९ जनाले मोक्ष प्राप्त गरे ! यसरी हेर्दा नेपालमा क्रमिक रुपमा आएको राजनैतिक परिवर्तन र सामाजिक सुधारसँगै नेपालमा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख लगायत महत्वपूर्ण पदमा महिलाहरुले स्थान जमाइसकेका छन् भने, राष्ट्रपतिमा फेरि पनि महिला नै आउने पक्का भएको छ । तापनि यस वर्षको विश्व महिला दिवसमा कति महिलाहरुले योगमायालाई सम्झिए, कतिले सम्झिएनन् ! ठोकेरै भन्न कठिन छ ।
kehinajannekulung@mail.com
२६ फाल्गुन २०७४, शनिबार
91
Shares







