काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि अत्याधिक बहुमतले निर्वाचित भएकी छन् । राष्ट्रपति चयनका लागि मंगलबार भएको निर्वाचन भण्डारी अत्याधिक बहुमतले निर्वाचित भएकी हुन् । राष्ट्रपति भण्डारीसँगै कांग्रेसकी कुमारी लक्ष्मी राई चुनावी मैदानमा थिए ।

फाईल फोटो
भण्डारीले ३९ हजार २ सय ७५ मतभार पाइन् भने राईले ११ हजार ७ सय ३० मतभार पाएकी छन् । भण्डारीलाई २४५ संघीय सासद र ४१५ प्रदेशसभा सदस्यले मत दिएका थिए । राईलाई भने ७८ संघीय सांसद र ११६ प्रदेशसभा सदस्यले मत दिएका छन् । तीन संघीय सांसद र ५ प्रदेशसभा सदस्यको मत भने दबर भएको छ ।
निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदान गरेका थिए । संघीय संसदका ५ र प्रदेशसभाका १४ सदस्यले पनि मतदान गरेनन्, जसमध्ये नयाँ शक्ति, नेमकिपा र विवेकशील साझा पार्टीले मतदान नगर्ने निर्णय गरेका थिए ।
संघीय संसदको एक सदस्यको मतभार ७९ छ भने प्रदेशसभा सांसदको मतभार ४८ छ ।
सपथ भोलि ४ बजे
नवनिवार्चित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पद तथा गोपनीयताको सपथ लिने भएकी छन् । सपथको समय बुधबार दिउँसो ४ बजेका लागि तोकिएको छ । राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ गराउने प्रचलन छ ।
राष्ट्रिपति मतदानका केहि तस्वीरहरु हेर्नुहोस ।

सोलुखुम्बु प्रदेशसभा ‘ख’ का सांसद बुद्धिकरमार राजभण्डारी लगायत अन्य सांसदहरु राष्ट्रपति निर्वाचनमा भोट हाल्न लाईनमा ।

सोलुखुम्बु प्रदेशसभा ‘क’ का सांसद उत्तमकुमार बस्नेत लगायत अन्य सांसदहरु राष्ट्रपति निर्वाचनमा भोट हाल्न लाईनमा ।

सोलुखुम्बु प्रदेशसभा ‘ख’ का सांसद बुद्धिकरमार राजभण्डारी, ‘क’ का सांसद उत्तमकुमार बस्नेत लगायत अन्य सदस्यहरु राष्ट्रपति निर्वाचनमा भोट हाल्न लाईनमा ।

राष्ट्रपति निर्वाचनमा भोट हाल्न लाईन बस्दै प्रदेशसभाका सांसदहरु ।

मतदानपश्चात मतपत्र मतपेटिकामा खसाल्दै नेकपा एमालेका सांसद रविन्द्र अधिकारी ।

प्रदेश नं. ५ को मुख्यमन्त्री शंकर पोखरलेल मतदानका लागि लाईनमा ।

मतदान पश्चात मतपेटिकामा मतपत्र खसाल्दै राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर ।

मतदान पश्चात नेकपा एमाले सोलुखुम्बु प्रदेशसभा ‘ख’ सांसद बुद्धिकुमार राजभण्डारी मतपेटिकामा मतपत्र खसाल्दै ।

मतदान पश्चात नेकपा एमाले सोलुखुम्बु प्रदेशसभा ‘क’ सांसद उत्तमकुमार बस्नेत मतपेटिकामा मतपत्र खसाल्दै ।

नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार मतदान पश्चात मतपेटिकामा मतपत्र खसाल्दै ।

संघीय फोरम नेपालका अध्यक्ष तथा संसदीय दलको नेता उपेन्द्र यादव मतदान पश्चात मतपेटिकामा मतपत्र खसाल्दै ।

नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल मतदान पश्चात मतपत्र मतपेटिकामा खसाल्दै ।

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई मतदान पश्चात मतपत्र मतपेटिकामा खसाल्दै ।

मतदान सकिएपछि मतपेटिकालाई मतगणना स्थलतर्फ लैजादै ।

मतदान सकिएपछि मतपेटिकालाई मतगणना स्थलतर्फ लैजादै । तस्वीरः बुद्धवीर बाहिङ राई ।







