१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

राष्ट्रपति भण्डारीद्वारा शपथ [भिडियो सहित]



काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपतिको सपथ प्रधानन्याधिश गोपाल पराजुलीबाट लिनुहुँदै विद्यादेवी भण्डारी ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा उनले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । सो अवसरमा नेपाली सेनाको एक ब्यान्डले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो ।
शपथलगत्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिसमक्ष बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

दाँयाबाट क्रमशः सभामुख कृष्णबहादुर महरा, प्रधानमन्त्री केपी शर्माअोली, राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानन्याधिश गोपाल पराजुली ।
https://youtu.be/BJJ6DsOk9Xs
शपथ ग्रहण समारोहमा मन्त्री, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु र सामाजिक जीवनका लब्ध प्रतिष्ठित व्यक्तिहरु सहभागी थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारी पद तथा गोपनीयताको सपथ ग्रहण गर्न अाउँदै ।

राष्ट्रपतिको सपथ ग्रहण कार्यक्रममा उपस्थित अतिथिहरु ।

राष्ट्रपतिको सपथ ग्रहण कार्यक्रममा सरिक हुँदै प्रधानमन्त्री केपी शर्मा अोली र उपराष्ट्रपति नन्दबहादुर पुन ।

राष्ट्रपतिको सपथ ग्रहण कार्यक्रममा सरिक हुँदै प्रधानन्याधीश गोपाल पराजुली ।

राष्ट्रपतिको सपथ ग्रहण कार्यक्रममा उपस्थित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रदेश नं. ३ का प्रमुख अनुराधा कोइराला, पूर्वप्रधानसेनापति छत्रमानसिं गुरुङ लगायत अन्य अतिथिहरु ।

राष्ट्रपतिको सपथ ग्रहण कार्यक्रममा दायाँ पहिलो लाइनमा जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डित, उद्योग मन्त्री मातृका यादव, गृहमन्त्री रामबहादुर थापा ‘वादल’, पूर्वउपराष्ट्रपति परमानन्द झा दोस्रो लाइन दायाँबाट पूर्वसभामुख ओनसरी घर्तीमगर लगायत प्रदेशका मुख्यमन्त्रीहरु । तस्वीरः बुद्धवीर बाहिङ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७४, बुधबार  ३ : ५४ बजे