२७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

उपराष्ट्रपतिद्वारा शपथ [फोटोफिचर]

काठमाडौँ । नवनियुक्त उपराष्ट्रपति नन्दबहादुर पुनले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त उपराष्ट्रपति नन्दबहादुर पुनलाई पद तथा गोपनीयताको शपथ गराउनुहुँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा पुनलाई शपथ गराएका थिए ।
समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कायम मुकायम प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, सांसदलगायतको उपस्थिति थियो ।
उनी आइतबार उपराष्ट्रपति पदमा निर्विरोध निर्वाचित भएका थिए ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ ग्रहणका लागि आयोजित विशेष समारोहमा सहभागी राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्रीलगायत ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ ग्रहणका लागि आयोजित विशेष समारोहमा सहभागी राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्रीलगायत ।
राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त उपराष्ट्रपति नन्दबहादुर पुनलाई पद तथा गोपनीयताको शपथ गराउनुहुँदै ।
शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त उपराष्ट्रपति नन्दबहादुर पुनलाई बधाई दिंदै पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द ।
नवनियुक्त उपराष्ट्रपति नन्दबहादुर पुनलाई बधाई दिंदै नेपालका लागि भारतका राजदूत मन्जिवसिंह पुरी ।
नवनियुक्त उपराष्ट्रपति नन्दबहादुर पुनलाई बधाई दिंदै नेपालका लागि चीनका राजदूत यु होङ ।
शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त उपराष्ट्रपति नन्दबहादुर पुनलाई बधाई दिंदै पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल ।
शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त उपराष्ट्रपति नन्दबहादुर पुनलाई बधाई दिंदै पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार  ४ : ०७ बजे