काठमाडौं । सशस्त्र प्रहरीका वर्तमान महानिरीक्षक (आईजीपी) सिंहबहादुर श्रेष्ठसहित २ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को विदाइ गरिएको छ ।

एआईजीद्वय प्रेमबहादुर शाही र प्रकाश ओझाको बुधबार विदाइ गरिएको हो ।

सशस्त्रका प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाबुराम पाण्डेका अनुसार बुधबार दिउँसो २ बजे औपचारिक समारोहका बीच उनीहरुको विदाइ गरिएको थियो ।

महानिरीक्षक (आईजीपी) सिंहबहादुर श्रेष्ठ विदाईको कार्यक्रममा मन्तव्य राख्दै ।

नयाँ आईजीपी शैलेन्द्र खनाल विदाई कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ।

विदाई कार्यक्रममा उपस्थित शसस्त्र प्रहरीका अधिकृत तथा जवानहरु ।

विदाई कार्यक्रम पश्चात सामूहिक फोटो खिच्दै आईजीपी सिंहबहादुर श्रेष्ठ, एआईजीद्वय प्रेमबहादुर शाही, प्रकाश ओझा र नयाँ आईजीपी शैलेन्द्र खनाल ।

विदाई कार्यक्रमबाट बाहिरिदै आईजीपी सिंहबहादुर श्रेष्ठ, एआईजीद्वय प्रेमबहादुर शाही, प्रकाश ओझा । तस्वीरः एपीएफ ।
२८ चैत्र २०७४, बुधबार
140
Shares







