६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

आईजीपीको दर्जयानी सवेन्द्र र शैलेन्द्रले लगाए [फोटो फिचर]



काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले महानिरीक्षक खनालद्वयलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।
दुवै प्रहरी संगठनका नवनियुक्त महानिरीक्षकले आजबाटै आफ्नो कार्यभार सम्हालेका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले खनालद्वयलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीबलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि पदबाट अवकाश पाएका थिए ।

गृहमन्त्रालयका सचिव प्रेम कुमार राईद्वारा नव नियुक्त नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाललाई दज्र्यानी चिन्ह प्रदान गर्दै ।
गृहमन्त्रालयका सचिव प्रेम कुमार राईद्वारा नव नियुक्त सशस्त्र प्रहरी बलका महानिरिक्षक सैलेन्द्र खनाललाई दज्र्यानी चिन्ह प्रदान गर्दै ।
गृहमन्त्रालयका सचिव प्रेम कुमार राईद्वारा नव नियुक्त नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाललाई दज्र्यानी चिन्ह प्रदान गर्दै ।
नव नियुक्त नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाल ।
नव नियुक्त सशस्त्र प्रहरी बलका महानिरिक्षक सैलेन्द्र खनाल दज्र्यानी चिन्ह पाए पछि ।
नव नियुक्त नेपाल प्रहरीकका महानिरिक्षक सर्वेन्द्र खनाल तथा शसस्त्र प्रहरी बलका महानिरिक्षक सैलेन्द्र खनाल दज्र्यानी चिन्ह लगाएपछि शुभकामना आदन प्रदान गर्दै ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहिबार  ५ : ४२ बजे