विश्वकै अग्लो सगरमाथा (८,८४८ मिटर/२९,०२९ फिट) हिम चुचुरोलाई नेपालका प्रायः सबै आदिवासी जनजातिहरुले ‘चोमोलुङमा’ भनी पुकार्छन् । त्यसमा पनि स्थानीयवासी कुलुङ, शेर्पा, बाहिङ, खालिङ लगायतका आदिवासीहरुले त परापूर्व कालदेखि स्थानीयरुपमा पुकार्दै÷बोलाउँंदै आएको नाम –‘चोमोलुङमा’ नै हो । तर, अहिले ‘चोमोलुङमा’लाई नेपाली भाषामा ‘सगरमाथा’ र अंग्रेजी भाषामा ‘माउन्ट एभरेस्ट’ भनेर बढी चिनिन्छ । तर, हाल ‘चोमोलुङमा’लाई नेपाली भाषामा ‘सगरमाथा’ र अंग्रेजी भाषामा ‘माउन्ट एभरेस्ट’ भनेर बढी चिनिने भए तापनि विगतमा सगरमाथाको अनेकौं नामहरु थिए ।
जस्तै सगरमाथा अर्थात् चोमोलुङमाको नामको सम्बन्धमा भन्नु पर्दा पहिले अनेक नामहरुले पुकारिन्थे भन्ने त माथि नै उल्लेख गरियो । यसरी हाल ‘चोमोलुङमा’/‘सगरमाथा’/‘माउन्ट एभरेस्ट’ भनेर चिनिने सगरमाथालाई विगतमा चरी लमेनी, देव ढुंगा, भैरवनाथ, मितीगुती, चापोलुङमा, जोमो लाङमा, झुमुलाङमा फेङ, शेङमु फेङ, १५ औं चुली, एक्स भी, होली माउन्टेन, थर्ड पोल, पिक बी, द गडेस मदर अफ द स्काई, द गडेस मदर अफ द अर्थ, होली मदर पिक, पिक फिप्टिन, द बास्टर्ड ! आदि नामले पनि चिनिन्थ्यो । तर, चोमोलुङमालाई विगतमा जेजे नामले पुकारिएको भए तापनि आजभोलि स्थापित भएको नाम भने अंग्रेजी भाषामा माउन्ट एभरेस्ट र नेपाली भाषामा सगरमाथा नै हो । तापनि पहिलेपहिलेका विदेशी लेखक तथा खोज–अनुसन्धानकर्ताहरुले लेखेको किताब, जर्नल, लेख, फिल्म, डकुमेन्ट्री आदिमा भने सगरमाथा नाम नभएर एभरेस्ट र चोमोलुङमा मात्र ै भेटिन्छ । यसरी हेर्दा एभरेस्ट र चोमोलुङमा दुबै नाम सराबरी प्रयोगमा आएको देखिए तापिन सगरमाथा नामको प्रयोग भने देखिदैन÷भेटिदैन । त्यो बेला सगरमाथा भनी कतै उल्लेख भएको पाईँदैन । किनकि त्यो बेला एभरेस्ट र चोमोलुङमाको नेपालीमा सगरमाथा नाम नै रहीसकेको थिएन ।
खासगरी सन् १८०२ मा सर्वप्रथम सगरमाथाको नापजाँच गर्नेक्रम सुरु भएपछि सगरमाथाको अनेक नामहरु रहे, रहेको अनुमान गरिए । सगरमाथा अर्थात् चोमोलुङमा विश्वकै अग्लो हिम चुचुरो हो भनी प्रमाणित हुनुअघि नेपालकै धौलागिरी हिमाल, गौरीशंकर हिमाल र कञ्चनजंघा हिमाललाई पनि विश्वको अग्लो हिम चुचुरो हो कि ? भनी मान्ने÷अनुमान गर्ने गरिन्थ्यो । जे होस्, सन् १८०२ देखि चोमोलुङमा अर्थात् सगरमाथाको उचाई नाप्ने काम सुरु भएको भए तापनि सन् १८५६ मा चोमोलुङमा अर्थात् सगरमाथाको उचाई ८,८४० मिटर (२९,००२ फिट) प्रमाणित भएको थियो ।
फेरि सन् १९५५ देखि नेपाल, चीन, भारत लगायत देशले ८,८४८ मिटर (२९,०२९ फिट) लाई सगरमाथाको आधिकारिक उचाई मान्न थालियो । तर, चीन सरकारले फेरि पनि सन् १९७५ मा चोमोलुङमा÷झोमोलुङमा÷कोमोलुङमाको उचाई नापेको थियो । त्यसपछि भने चीन सरकारले सगरमाथाको उचाई ८८४४.१६ मिटर भन्यो । र, नेपाललाई पनि त्यही उचाईलाई आधिकारिक मान्न आग्रह गर्दे आएको छ । हुन त केही अेमेरिकी वैज्ञानिकहरु सगरमाथाको उचाई बढेको मान्छन् । जस्तो कि सन् १९९९ मा अमेरिकी नेसनल जोग्राफीका वैज्ञानिकहरुले सगरमाथाको उचाई बढेर ८,८५० मिटर पुगेको बताएका थिए भने, चिनियाँ वैज्ञानिकहरुले सगरमाथाको उचाई लगभग दुई मिटर घटेर ८८४४.१६ मिटर भएकोलाई नै आधिकारिक मान्छन् । चीन सरकारको मातहतमा रहेको ‘चाइनिज एकेडेमी अफ साइन्स एन्ड स्टेट ब्युरो अफ सर्भेयिङ एन्ड म्यापिङ’ले सन् २००५ अक्टोबरमा फेरि गरेको नयाँ अध्ययनपछि पनि सगरमाथाको आधिकारिक उचाई ८८४४.१६ मिटरलाई नै मान्छन् । हुन पनि चीन सरकारले आप्mनो देश (चीनको स्वशासित क्षेत्र तिब्बत) तर्पmबाट सगरमाथा आरोहण गर्ने सफल आरोहीहरुलाई दिने सगरमाथा आरोहणको प्रमाणपत्रमा पनि चीन सरकारले सगरमाथाको उचाई ८८४४.१६ मिटर नै लेखेर दिने गरेको छ । त्यतिमात्रै होइन, चीन सरकारले नेपाल सरकारलाई यही उचाईलाई मान्यता दिन आग्रह गर्दै आएको छ । तर, नेपाल सरकारले हालसम्म पहिले सन् (१९५५ मा) कायम भएको उचाईलाई नै मान्यता दिदै आएको छ भने सगरमाथाको उचाई घटे÷बढेको के हो ? भन्नेबारे अध्ययन–अनुसन्धान गर्न नापजाँचको लागि नापी विभागका कर्मचारीहरु खटिइसकेको अवस्था छ ।
यसरी सगरमाथा अर्थात् चोमोलुङमाको नामको सम्बन्धमा भन्नु पर्दा पहिले अनेक नामहरुले पुकारिन्थे भनने त माथि नै उल्लेख गरियो । नेपालले आधिकारिक रुपमा र, खस नेपाली भाषामा विसं २०१३÷०१४ पछि मात्रै ‘सगर’+‘माथा’ “सगरमाथा” भनी बाबुराम आचार्यले नयाँ नाम राखेका थिए भने, सगरमाथाको सम्बन्धमा रोचक कुरो के छ भने, २०१५ को आमनिर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाई बहुमतका साथ सरकार गठन गरेपछि तत्कालीन प्रधानमन्त्री वीपी कोइरालाले चीन भ्रमण गरे । त्यही क्रममा चोमोलुङमाको बारेमा पनि कुरा भयो । माओले नेपालीमा चोमोलुङमालाई के नामले पुकारिन्छ ? भनी वीपीलाई प्रश्न गर्दा तत्कालै वीपीले जवाफ दिन सकेनन् ! वीपी नेपाल फर्केपछि चोमोलुङमाको नेपाली नाम के हो ? के हुन सक्छ ? भनी छलफल चलाए । त्यसै क्रममा बाबुराम आचार्यले (पछि इतिहास शिरोमणि पदवी पाएका) आपूmले विस २०१० मै शारदा पत्रिकामा एक लेख लेखेर चोमोलुङमाको नेपाली नाम ‘सगर’+‘माथा’ “सगरमाथा” राखेको÷जुराएको भनी बताई दिएका थिए ।
हुन त धेरैपछि मात्रै तत्कालीन बृटिश–इण्डिया कम्पनीका सर्वेयर जनरल जर्ज एभरेष्टको नाममा ‘एभरेष्ट’ राखियो– चोमोलुङ्माको नाम । त्यो बेला चोमोलुङ्माको नाम “चरी लमेनी” लगायत अनेकौं उपनामहरु राखिएको थियो भन्ने त माथि चर्चा भैसकेको छ । जबकि सम्पूर्ण नापजाँचको काम भने भारतीय नागरिक राधानाथ र नेपाली नागरिक करवीर बुढाथोकीले गरेका थिए ।
यसै क्रममा विसं २०१० (सन् १९५३) मा तेन्जिङ नोर्गे शेर्पा नेपाल र एडमण्ड पर्सिभल हिलारी (तत्कालीन बेलायती उपनिवेश अन्तर्गत न्यूजिल्याण्ड निवासी) ले चोमोलुङमामाथि प्रथम मानव विजय पाए । अनि खस नेपाली राष्ट्रियता÷जातीयताको आधारमा विसं २०१६ देखि खस नेपाली भाषामा आधिकारिक रुपमा चोमोलुङमाले चोला फेरेर –सगरमाथा भइन ! यसरी परापूर्व कालदेखि रहिआएको स्थानीय नाम ‘चोमोलुङमा’लाई विस्थापित गर्ने काम भयो । माथि नै भनिए भैंm चोमोलुङ्माको अनेकौं नाम भए पनि अहिले सगरमाथा र एभरेष्टको नामले नै विश्व बजार पिटेका े छ । तर, अब ‘संघीयताको मर्म अनुसार र नेपालका प्राचीन आदिवासीहरुको चित्त बुझाउने÷उनीहरुलाई अपनत्व गराउने धर्म’ अनुसार पनि सगरमाथाका े नाम पुनः चोमोलुङ्मा राख्ने÷स्थापित गर्ने हो कि ? कि कसो हौ ! कमरेडहरु ?
पभजष्लबवबललभपगगिलन२नmबष्।िअयm
सगरमाथा एकः नाम र उचाई अनेक
21
Shares