२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

खेर गयो १७ हजार निर्दोष जनको योगदान !



२०६४ वैसाखमा भएको संविधानसभाको पहिलो निर्वाचनद्धारा गठित संविधानसभा विघटन भएपछि २०७० मंसिरमा भएको दोस्रो संविधानसभाको निर्वाचनको प्रचारप्रसारको क्रममा तत्कालीन नेकपा (एमाओवादी) ले काठमाण्डौमा आयोजना गरेको एक जनसभामा प्रचण्डले तत्कालीन एमालेलाई इंगित गर्दै सार्वजनिक रुपमा भनेका थिए –‘एमाले भनेको कम्युनिष्टको हिङ बाँधेको टालो मात्रै हो । तर, माओवादी भनेको असली हिङ हो । अब असली हिङ नै भैसकेपछि हिङ बाँधेको टालोको के काम ?’
तर, आज कमरेड प्रचण्डलाई ‘एमाले नामक कम्युनिष्टको नाममा हिङ बाँधेको टालोकै सहारामा उक्त पार्टीको संयुक्त अध्यक्ष नै भएका छन् ५ वर्षपछि कार्यकारी राष्ट्रपति नै हुने भएका छन् । यसरी हेर्दा नेपालको राजनीतिमा जान्ने बुभ्mने हौं भन्नेहरुका अनुसार कमरेड प्रचण्डलाई जसरी हुन्छ, सकेसम्म एकपटक नेपालको कार्यकारी राष्ट्रपति हुन चानछन् । अनि लगभग ११ वर्षसम्म चलाएको आन्तरिक युद्घ ( तत्कालीन नेकपा (माओवादी) को भाषामा जनयुद्घ !) को क्रममा कमाएको÷कसैकसैले लुटेको पनि भन्छन्, सम्पत्तिको सुरक्षा पनि गर्नु छ । त्यस्तै उक्त युद्घको क्रममा सरकारी पक्ष र विद्रोही पक्षको तर्फबाट मारिएका (तत्कालीन माओवादीको भाषामा भन्नुपर्दा सहिद भएका) लगभग १७ हजार निर्दोष जनहरुको आत्माबाट शान्ति र मुक्ति पनि पाउनु परेको छ ।
यस अर्थमा १७ हजार निर्दोष नेपाली जनहरुको अनाहकको बलीदानीको आलोकमा कमरेड प्रचण्डले राजनैतिक रुपमा ठूलो छलाङ मार्न सफल भएका छन् ।
त्यसमा पनि नेपालको भगौलिक एकीकरणपछि जुन ढंगले नेपालका आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, पिछडिएको क्षेत्र, महिला, मजदुर लगायतका समुदाय, जातजाति र वर्गलाई राज्यद्घारा नै ऐन, कानुन, नियम, विनियम, कार्य विधि, दफा, उपदफा आदिको प्रयोग गरेर जसरी राज्यसत्ताबाट वञ्चित गरिएको थियो, टाढा राखिएको थियो, तिनीहरुलाई छुट्टिने आत्मनिर्णयको अधिकारसहित स्वायत्त, विशेष र संरक्षित राज्य दिने सपना देखाएर उनीहरुले भन्ने गरेको जनयुद्घमा होमेका थिए । हुन पनि तत्कालीन माओवादीको राजनैतिक इतिहास हेर्ने हो भने, २०५६÷०५७ सम्म पार्टीले माक्र्सवाद, लेनिनवाद र माओविचारधारा अनि वर्गीय मुद्घालाई प्रधानता दिदासम्म उनीहरुको जनयुद्घको घेरा रुकुम, रोल्पा र मध्यपूर्वको सिन्धुली लगायत केही जिल्लामा सीमित थियो । तर, जब आत्मनिर्णको अधिकारसहितको स्वात्त राज्यहरुको नारासहित २०५८÷०५९ देखि युद्घमा होमियो, तब, उनीहरुको जनयुद्घले पूर्व, पश्चिम, पहाड मधेस, हिमाल, भित्री मधेस, काठमाण्डौ उपत्यकासम्म पैmलियो भने गोपाल खम्बु (हाल किराती लेख्छन् ।) नामक ‘लठुवा’ पनि तत्कालीन माओवादीमा विलीन हुन तयार भए । यी गोपाल खम्बु नामक ‘लठुवा’ त्यो बेला “२०५७ साल क्षेत्री–बाहुनको काल” भनी भोजपुरको साल्पा फेदीको सेरोफेरोमा ढुंगातिर नारा लेख्थे भने, बाहुना –क्षेत्रीहरु ती ‘लठुवा’लाई नेता नमानेर एक जातिवादी र साम्प्रदायीक मात्रै मान्थे । अभैm पनि नेपालका अनुदारवादी बुद्घीजीवी, लेखक, विश्लेषक, मिडिया तथा पत्रकारहरुले ती ‘लठुवा’लाई नेता नमानेर÷नभनेर (कसैकसैले नेता भनीहाले तापनि ÷लेखीहाले तापनि साम्प्रदायीक वा जातिवादीको पगरी गुथाई नै हाल्छन्) जातिवादी र साम्प्रदायीक नै देख्छन्÷लेख्छन् ।
यसरी कमरेड प्रचण्डको फेरि पनि प्रधानमन्त्री हुने र कार्यकारी राष्ट्रपति हुने सपना भने पूरा हुन बाँकी छ । तर, नेपालको राजनीतिमा मोहोरा कताबाट र कसरी छ ? कसले घुमाउँछछ ? अत्तोपत्तो नहुने भएकोले कमरेड प्रचण्ड प्रधानमन्त्री हुने र कार्यकारी राष्ट्रपति हुने कुरो ‘इन्द्रेको बाबु चन्द्रे’लाई समेत थाहा छैैन !
हुन त कमरेड प्रचण्डबारे भन्नु पर्दा २०६२÷०६३ को परिवर्तनपछिको खासगरी २०६४ यताको इतिहास हेर्दा समग्रमा प्रचण्डको खुबी भनेको चरम अवसरवादीता देखाउनु र बिरालोले मुसो खेलाए झैं अरु पार्टीका नेताहरुलाई खेलाउनु र, अन्तमा आपूmले राजनीतिक फाइदा लिन सक्नु हो । यस क्रममा कमरेड प्रचण्डले गरेका केही काम कारबाहीेको प्रमाण भनेको २०६४ को पहिलो संविधानसभाको निर्वाचनअघि स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई ‘तपाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति !’ भनी दिएको आश्वासन र पछि दिएको धोका, त्यस्तै माधवकुमार नेपाललाई पनि सुरुमा राष्ट्रपतिको ललीपप देखाएर अन्तमा थाङ्नामा सुताएको प्रसंग, त्यसअघि नेपालका आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको क्षेत्र, उत्पीडित जातजातिलाई आत्मनिर्णयको अधिकारसहित राज्य दिन्छौं भनी उनीहरुको कथित् जनयुद्घमा होमेको प्रसंग त माथि नै उल्लेख भएको छ । तर, कमरेड प्रचण्डले साँच्चै नेपालका आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको क्षेत्र, उत्पीडित जातजातिलाई आत्मनिर्णयको अधिकारसहित राज्य वा भनौं स्वयत्तत्रता दिन चाहेको भए २०६४ को संविधानसभामा चुनिएर÷मनोनित भएर आएका ६०१ सभासदहरु मध्ये ४१९ जनाले संविधानसभा विघटन हुनुअघि विवाद समाधान उपसमितिको संयोजक कमरेड प्रचण्ड भएकोले उनलाई माथि उल्लेखित ४१९ जना सभासदहरुले हस्ताक्षर गरेर दिएका थिए । तर, ‘बिरालाले म्याउँ गरेरै छाड्छ नत्र ऊ कसरी बिरालो हुन्छ ?’ भने झैं अन्तमा प्रचण्डले पनि नेपालका आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको क्षेत्र, उत्पीडित जातजातिलाई धोका दिएरै छाडेका थिए ।
हुन त अरु बाहुन नेताहरु हेरेर कमरेड प्रचण्डलाई बाहुन भएर पनि हक्की र नढाँट्ने स्वाभाव भएका बाहुन नेताका रुपमा लिन सकिन्छ । अरु पार्टीका (नेपाली कांग्रेस, हालै विघटित नेकपा एमाले, राप्रपा, राप्रपा प्रजातान्त्रिक, राप्रपा एकीकृत, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा (राजमो) आदि राजनैतिक पार्टीका नेताहरु जो जातले पनि बाहुन क्षेत्री र, व्यहारले पनि प्रस्टैसँग बाहुन क्षेत्रीको व्यवहार देखाउँछन्) नेताहरु छैनन् । कमरेड प्रचण्डको यो खालको इमान्दारिताको भने प्रशंससा गर्नैपर्छ । यस प्रसंगमा भन्नुपर्दा २०६२÷०६३ को परिवर्तनपछि (२०६६/०६७ को बीच समय) मा उनी पटकपटक लैनचौरस्थित भारतीय राजदूतावास गएका थिए । आखिरमा पत्रकारहरुको ट्रयापमा परेपछि (खासमा भारतीय राजदूतावासकै सूचनाका आधारमा) ‘यो पटकसमेत म लैनचौर आएको सातौं÷आठौंपटक भयो !’ भनी स्वीकार गरेको कुरोलाई लिन सकिन्छ । जसले गर्दा, नेपालका जत्ति नै राष्ट्रवादी हौं भन्ने पार्टी र तिनका नेताहरु पनि आखिरीमा लैनचौरस्थित भारतीय राजदूतावास नगई र, केही न केही मन्त्रणा नगरी धर पाउँदैनन् भन्ने कुरो प्रचण्डको लैनचौर प्रकरणले प्रमाणित गरेको थियो । त्यस्तै २०६९ को अन्तिम ताका नेपालका आदिवासी जनजातिहरुका लागि जातीय, भाषिक, धार्मिक, ऐतिहासिक आधारमा पहिचान झल्कने गरी संघीयता दिन र हकअधिकार दिलाउनका लागि अब म लड्न सक्दिन !, तपाईँहरु आपैm अघि बड्नोस् !, भनी प्रस्टसँग भनेका थिए । तर, प्रचण्डको त्यो भनाइलाई नेपालका परम्परागत विचार भएका मिडिया, पत्रकार, बुद्धिजीवी, लेखक, स्तम्भकार आदिले प्रचण्डले नेपालका आदिवासी जनजातिलाई अनावश्क रुपमा उचाले÷उकासे ! भनी लेखे, टिप्पणी गरे । यसरी हेर्दा नेपालका परम्परागत विचार भएका मिडिया, पत्रकार, बुद्धिजीवी, लेखक, स्तम्भकार आदिले खासगरी मूलाधार हामी हौं ! भन्ने नेपालका परम्परागत विचार भएका मिडिया, पत्रकार, बुद्धिजीवी, लेखक, स्तम्भकार आदिले प्रचण्डले जनजातिलाई अनावश्क रुपमा उचाले÷उकासेको जस्तो देखे तापनि राजनैतिक पार्टीको रुपमा तत्कालीन नेकपा माओवादी र नेताको रुपमा कमरेड प्रचण्डले नै नेपालका आदिवासी जनजाति, मधेसी, महिला, दलित, मुस्लिम, पिछडिएको क्षेत्र आदिको वास्तविक समस्यालाई हल गर्लान् कि त ? भन्ने आशा गरेका थिए, नेपालका आदिवासी जनजाति, मधेसी, महिला, दलित, मुस्लिम, पिछडिएको क्षेत्र आदिका अगुवाहरुले । र, नैै नेपालका आदिवासी जनजाति, मधेसी, महिला, दलित, मुस्लिम, पिछडिएको क्षेत्र आदिका अगुवाहरुले २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) को पक्षमा मतदान गर्न आप्mना समुदायलाई आग्रह गरेका थिए । तर, आखिरमा ‘बिरालोले म्याऊँ गरेरै छाड्छ’, नत्र ऊ कसरी बिरालो हुन्छ ? भने भैंm कमरेड प्रचण्डले पनि ‘म्याऊँ गरेरै छाडे !’ तर, कमरेड प्रचण्ड र उनको पार्टीले त्यसको फल चाख्न धेरै समय कुर्नु परेन, २०७० को दोस्रो संविधानसभाको निर्वाचन परिणामले देखाई हाल्यो । त्यस्तै २०७४ को ३ वटै निर्वाचनको परिणामले पनि प्रचण्डर उनको पार्टीले नेपालका आदिवासी जनजाति, मधेसी, महिला, दलित, मुस्लिम, पिछडिएको क्षेत्र आदिका जनताहरुलाई दिएको धोकाको पुस्टि भयो । तर, नेपालका परम्परागत विचार भएका मिडिया, पत्रकार, बुद्धिजीवी, लेखक, स्तम्भकार आदिले खासगरी मूलाधार हामी हौं ! भन्ने हरुले भने, २०७० र २०७४ को निर्वाचनमा नेपालका जातिवादी र साम्प्रदायीकहरुको पत्तासाप भएको रुपमा बुझे ।
यसरी राजनीतिक रुपमा हेर्दा कमल थापा, विजयकुमार गच्छदार लगायत अन्य केही नेतासरह नै सत्तामोह देखाउने गरेका कमरेड प्रचण्डले अहिले आएर हिङ बाँधेको टालो अर्थात् एमालेको आलिंगनमा न्यानो त महसुस गर्लानश नै । नगरुन पनि कसरी ? किनभने, जनयुद्धकालमा पार्टीको नाममा जोडेको अकूत सम्पत्तिको सुरक्षा गर्नु पनिछ । त्यसैले कमरेड प्रचण्ड आपूm एमालेमा विलय हुन तयार भए । अनि अध्यक्ष समेत बन्न सफल भएका छन् । साथै आप्mना केही विश्वासपात्र हनुमानहरु जस्तै वर्षामान पुनमगर ‘अनन्त’ र उनकी श्रीमती ओनसरी घर्तीमगर लगायतलाई एकीकृत पार्टी ‘नेकपा’को स्थाई समितिमा पार्न पनि सफल भएका छन् ।
तर, कमरेड प्रचण्डले आपूm यसरी राजनैतिक रुपमा छलाङ मार्नमा सहयोगी सिद्घ भएका ती १७ हजार निर्दोष जनहरुका लागि प्रचण्डले फेरि पनि एकपटक भैसी पूजा गर्लान् ? लगभग ११ वर्षको समयावधीमा बिना कारण बलि वेदीमा होमिन÷मारिन वाध्य भएका ती १७ हजार निर्दोष जनहरुका लागि कमरेड प्रचण्डले के गर्लान् ? kehinajannekulung@gmail.com

प्रकाशित मिति : ३० जेष्ठ २०७५, बुधबार  ४ : १८ बजे