दिल्लीबाटै प्रधानमन्त्री प्रचण्डले भने:भ्रमण सफल [फोटो फिचर]

Facebook Debugger

नयाँदिल्ली,१ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनमा आफ्नो सरकारले गरेको पहललाई भारतले सहयोग गर्ने दाबी गरेका छन् । साथै उनले आफ्नो भारत सफल भएको बताए ।

नयाँ दिल्लीस्थित नेपाली दूताबासमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भने, संयुक्त वक्तव्यमा यो प्रष्ट रुपमा आएको छ । संविधान कार्यान्वयनमा सरकारले गरेको पहलमा भारतले सहयोग गर्छ । अरु बढी छलफल आवश्यक छैन ।’ साथै उनले शान्ति प्रक्रियामा भारतको सुरुदेखि नै सहयोग रहेको र यो कायमै रहने बताए ।

संविधान स्वागत गर्न भारतले नमानेको हो भन्ने प्रश्नमा उनले संयुक्त बक्तव्यमा सबै प्रष्ट भएको भन्दै अनावश्यक रुपमा ट्वीस्ट गरेर बुझ्न आवश्यक नभएको बचाए ।

प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन नेपालको आन्तरिम विषय भएको र यो देशभित्र टुंग्याइने बताए । तर, तपाईसँग दुई तिहाइ छैन नि प्रश्नमा उनले दुई तिहाइ पुग्छ, तपाई हेर्दै गर्नुर्होला भनेका छन् ।

भारत भ्रमण सफल

प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग खुलेर कुराकानी भएको बताए । उनले भने, मोदी र मेरो बीचमा खुलेर दिलबाट कुरा भएको छ र विश्वासको धेरै राम्रा आधार बनेको छ ।’

आफ्नो भारत भ्रमण सफल भएको भन्दै उनले भने, दुई देशको सम्वधलाई नयाँ धरातलमा उठाउने आधार तयार गरेको छ । म पूर्णं सन्तुष्ट र उत्साहित भएर फर्किँदैछु ।’
prachanda-photo-1
राजकीय भारत भ्रमण रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार यहाँस्थित भारतीय उद्योगी एवम् व्यापारी समुदायसँग छलफल गर्नुहुँदै ।
prachanda-photo-2
राजकीय भारत भ्रमण रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार भारतीय उद्योगी एवम् व्यापारी समुदायसँग ।
prachanda-photo-3
भारतकोे राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्नुहुँदै ।
prachanda-photo-4
भारतकोे राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका गृहमन्त्री राजनाथ सिंहसँग राष्ट्रपति भवनमा भेटवार्ता गर्नुहुँदै ।
prachanda-photo-5
भारतकोे राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग राष्ट्रपति भवनमा भेटवार्ता गर्नुहुँदै ।
prachanda-photo-6
भारतकोे राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्र मन्त्री डा प्रकाशशरण महत तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक नयाँ दिल्लीस्थित होटल ताज प्यालेसमा आयोजित पत्रकार सम्मेलनमा सहभागी हुँदै ।
prachanda-photo-7
भारतकोे राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्र मन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक लगायत अन्य पदाधिकारीका साथ नयाँ दिल्लीस्थित होटल ताज प्यालेसमा आयोजित पत्रकार सम्मेलनमा सहभागी हुँदै ।
prachanda-photo-8
भारतकोे राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय फाउण्डेशनद्वारा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्नुहुँदै ।
prachanda-photo-9
भारतकोे राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय फाउण्डेशनद्वारा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर:हरि लामिछाने, रासस नयाँ दिल्ली

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार