ओझेमा परेको ‘ह्यात्रुङ’ झरना

Facebook Debugger

नेपालको पूर्वी पहाडी जिल्ला ते्रहथुम जिल्लाको साविक सम्दु र इसिबु गाविस (हाल फेदाप गाउँपालिका ४ र ५ वडा) को सीमाको रुपमा छङछङ गर्दै एकनासले अनुपम सुन्दरता छर्दै एकोहोरो बगीरहने हात्तीलेङे (ह्यात्रुङ) झरनाको अवलोकन गर्न पाए कसको मन फुरुङ्ग नहँुदो हो ? हुन त ह्रयात्रुङ झरनाको मूल वा पूरै खोलाको नाम भने हिंवा खोला हो । तर आजभोलि स्थानीय वासिन्दासमेतले हिंवाखोला भन्न छाडीसके । अझ नयांँ पुस्ताले त ह्यात्रुङ बाहेक अर्को नाम सुने/जानेका छैनन् ।
उहिले राणा शासन कालमा सरकारी कर्मचारीहरु धनकुटा हुँदै ओलाङचुङ गोलासम्म भोटको कर उठाउन र व्यापार गर्न जाँदा/आउँंदा हात्तीसँंगै मेयोङलुङ, ते¥हथुमको सदरमुकाम (जसलाई हाल म्याङलुङ भनिन्छ), हुँदै जलजले, सम्लिे, इसिबु, सम्दु, संगपु, खाम्लालुङ, हाङ्पाङ, चाँगे, तम्बरखोला हुँदै ओहोर–दोहोर गर्थे । त्यसक्रममा साविक सम्दु–६ र ७ को सीमामा गोदाम गरिन्थ्यो भने, हाल पनि उक्त ठाउँमा हात्ती बाँध्ने गरेको ढुंगाको ठूलो र अग्लो किला (खाँबो) देख्न सकिन्छ, भने सो ठाउँलाई गोदाम भन्ने गरिन्छ । यसरी आउने जाने क्रममा हिंवाखोलाबाट हात्ती चिप्लिएर लडेर मर्यो । त्यही बेलादेखि नै उक्त ठाउँ/झरनाको नाम ‘हात्तीलेङे’ अर्थात् लिम्बू भाषामा ‘हात्ती लड्यो’ भन्ने अर्थमा नाम रहन गएको हो । अपभ्रंश हुँदै हात्तीलेङेको परिवर्तित नाम ‘ह्यात्रुङ’ भएको छ । हालका फेदाप गाउँपालिका प्रमुख हरि चोङ्बाङ हात्तीलेङे र ह्यात्रुङ पनि नभएर वास्तवमा “तक निवा लेङे” हो भन्छन् । उनी अथ्र्याउँछन्, –लिम्बु भाषामा हात्तीलाई “तक निवा” भनिन्छ ।
यसरी नेपालकै अग्लो मानिएको (तीनसय ६५ मिटर) भए पनि ‘ह्यात्रुङ झरना’ भगौलिक दूरता, यातायातको र प्रचार प्रसारको कमीले गर्दा ओझेलमा परेको छ । हाल कम्तिमा कच्ची सडकको पहँुच पुगेको छ । तापनि ह्यात्रुङ झरनाको प्रचार प्रसार भने यथेसट रुपमा हुन सकेको छैन । फलतः विदेशी पर्यकट त के आन्तरिक पर्यटकसमेत अपेक्षित रुपमा ह्यात्रुङ झरनाको अवलोकन गर्न आउन सकेका छैनन् । आन्तरिक र बाह्रय पर्यटनको प्रचुर संभावना भएर पनि अहिलेसम्म एकपटक मात्रै दुईजना विदेशी पर्यटक आएका छन् । आन्तरिक पर्यटक पनि टाढा–टाढाका कमै मात्र आउँछन्, उक्त झरना हेर्नका लागि । नजिकको छिमेकी गाउँका मान्छेहरु ह्यात्रुङ चmरनाको अवलोकन गर्न, ह्यात्रुङको तस्बीर खिच्न, ह्यात्रुङ झरनालाई पृष्ठभूमिमा पारेर आफ्नो तस्बीर खिचेर आफन्तहरुलाई उपहार दिने उदेश्यले आउने क्रम बढेको छ । यसरी उपहार नै सही ह्यात्रुङ झरनाको तस्बीर खिच्ने र मायाको चिनोको रुपमा ह्यात्रुङ झरनाको तस्बीर आफन्तलाई दिने प्रचलन भने बढ्दै गएको छ ।
अरु महिनाभन्दा भदौ, असोज र कात्तिक महिनामा आकर्षक र स्पष्ट बहाब देख्न सकिने ह्यात्रुङ झरनालाई ध्यानमा राखी आन्तरिक तथा बाह्य पर्यटनको लागि ‘ह्रयात्रुङ झरना महोत्सव’का साथसाथै यथेस्ट रुपमा प्रचार प्रसार र प्रवद्र्धन गर्नुपर्ने देखिन्छ । पहिले झरनाको फेदमा रहेको ठूलो ढूंगोको आड लिएर÷त्यही ढुंगोमा बसेर झरनालाई पृष्ठभूमि तथा शिरमा पारेर तस्बीर लिने गर्थे भने हाल आल्मुनियमको पक्की झोलङ्गे पुल बनाइएको छ । यसले गर्दा पहिले भन्दा अहिले ह्यात्रुङ झरनाको अवलोकन गर्नेहरुको संख्या बढेको बताउँछन्, साविक सम्दु–८ का रमेश लुम्फुङ्वा लिम्बु । तर, दुःखको कुरो हालसम्म ‘ह्रयात्रुङ झरना’ नजिकै आन्तरिक वा वाह्रय पर्यटकहरुले चाहेमा रात बिताउने गरी बस्नका लागि होटल वा लज त छैन नै, मौसमी रुपमा चल्ने वा चलाउन सकिने अस्थाई चिया नास्ता पसलसम्म खुल्न सकेको छैन ।

त्यसो भए तापनि यहाँसम्म विदेशी पर्यटकका लागि वसन्तपुर, तीनजुरे, मिल्के, जलजले, मंगलबारे, गुफापोखरी, मेन्छ्याम ढाप (तरुनी गुफा) मजुवा, सेखिम्बा, ह्यात्रुङ झरना (सम्दु) आठराई (संक्रान्ति) सम्मको ११ देखि १३ दिनको पदयात्रा मार्ग खोल्न सकिन्छ । यस क्षेत्रबाट कञ्चनजंघा (सेवालुङ), कुम्भकर्ण (फक्तालुङ) लगायतका हिमश्रृङ्खला पनि राम्रोसंँग देख्न सकिन्छ भने आठराई जाने बाटोमा ‘लीः ढुगां’ भन्ने ठूलो ढुंगो छ । कथन अनुसार, धेरैअघि महिला र पुरुषले उक्त ढुंगोलाई जसले पिसाव गरेर वारपार गराउन सक्छ, उसले बाजी जित्ने भनी प्रतिस्पर्धा गर्दा/पर्दा महिलाले पुरुषलाई जितेको भन्ने किम्बदन्ती रहेको छ । आठराईबाट पुनः वसन्तपुर फर्कने वा पाँचथरको फिदिम निक्लन सकिन्छ । यसका लागि स्थानीयवासी, पर्यटन व्यवसायी, सरकार त्यसमा पनि पर्यटन मन्त्रालयको पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले विषेश पहल गर्नुपर्ने देखिन्छ । ह्यात्रुङ झरनाको पर्यटकीय दृष्टिले प्रवद्र्धन गर्न सके ग्रामीण पर्यटनलाई टेवा पुग्नुका साथै स्थानीयवासीहरु पनि आर्थिक रुपमा प्रत्यक्ष रुपमा लाभान्वित हुन्थे भने ह्यात्रुङ झरनाले पनि नेपालकै अग्लो र मनमोहक झरना हुनुको सार्थकत पाउने थियो कि ?
kehinajannekulung@gmail.com

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार